२०८२ कार्तिक १९, बुधबार
आफुहरु अहिले शुन्यको अवस्थामा रहेको बताउदै झाँक्रीले जनताका भरोसालाई डोर्याउन एकीकृत समाजवादी निर्माण गरेको तर अहिले बिघटनको अवस्थामा पुगेको उल्लेख गरेकी छन् । उनले भनिन्- ‘यो बाटो अवरुद्ध भयो भन्ने हामीलाई धेरै पहिले नै थाहा थियो ।
यसअघि हामीले त्यसलाई टुंगाउन विविध कारणले सकेनौं । तर अहिले आएर हाम्रो अभियान विघटन भएको छ । आज जेनजी आन्दोलनको पृष्ठभूमिमा जे जे कुराहरु भए, यो अवस्था ल्याउन हाम्रो पनि केहि भूमिका थियो की, त्यसका लागि माफी चाहन्छौं । हामीले पनि गरेका गल्तिलाई सुधार्न आवश्यक छ ।’
झाँक्रीले आफ्नो पार्टी विघटन भएको र नयाँ बाटोमा जादा एकीकृत समाजवादीमा संगठित भएका सबै नेता कार्यकर्ता एकठाउमा उभिएर सामुहिक पाइला अगाडी बढाउने बताएकी छन् । विभाजनले किमार्थ शक्ति नदिने भन्दै विचार मिल्नेबीच एकता भएर सबै पार्टीमा आन्तरिक लोकतन्त्र बलियो हुनुपर्ने धारणा राखेकी छन् ।
जेनजी आन्दोलनपछि नयाँ दल बनाएर सफल नहुने दाबी गर्दै नेतृ झाँक्रीले युवा पुस्तालाई सके पार्टी बनाएर हस्तक्षेप गर्नु नसके पुरानै विचार मिल्ने दलमा गएर हस्तक्षेप गर्न सुझाव दिएकी छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे