२०८२ कार्तिक २१, शुक्रबार
मेयर शाहले सामाजिक सञ्जालमार्फत प्रमुख राजनीतिक दल र मित्रराष्ट्रहरूलाई अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको विषयमा युवा संघले पक्राउको माग गर्दै जाहेरी दिएको हो । युवा संघका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङले विहिबार साइबर ब्युरो गएर जाहेरी दिएको जानकारी दिएका छन् ।
गत शनिबार मध्यराति बालेनले आफ्नो फेसबुकमा अमेरिका, भारत, चीन लगायत प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गर्दै अश्लिल शब्दमा स्टाटस लेखेका थिए । उनले आलोचना भएपछि केहीबेरमा सो स्ट्याटस हटाएका थिए ।
जाहेरीमा भनिएको छ- ‘सार्वजनिक पदमा बसेको व्यक्तिले विदेशहरुलाई पनि गाली गरी सम्बन्धमा आँच आउने कार्य गरेको हुनाले प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरी पाउँ । निज बालेन शाह विदेश भागी जाने र प्रमाणहरु नष्ट गर्नेहुँदा तत्काल पक्राउ गरी निजको राहदानी समेत रोक्का राखी पाउँ ।’
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे