२०८२ मंसिर ४, बिहिबार
आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुदैछ । यो खेल दिउसो ४ बजेदेखि टियु क्रिकेट मैदानमा शुरु हुने छ ।
लुम्बिनी लायन्सको यस सिजनमा यो पहिलो खेल हो भने चितवनले यसअघि खेलेको पहिलो खेलमा जित हासिल गरेको छ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो ।
यस सिजनमा पनि रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।
त्यस्तै कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन् भने रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी रहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे