२०८३ श्रावण ६, बुधबार


निर्बिरोध निर्वाचित हुनेमा लुम्बिनी प्रदेशबाट महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका हुन् ।
लुम्बिनीबाट तीन महिला निर्वाचित हुनुपर्नेमा तीन जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्बिरोध निर्वाचित भएका हुन् ।
त्यस्तै मधेश प्रदेशबाट अमरकुमार यादव र समावेशी मुस्लिम महिलाबाट खाजिदा खातुन सिद्दिकी निर्बिरोध निर्वाचित भएका छन् ।
त्यसैगरी समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा पिछडिएको क्षेत्रतर्फको महिलामा वदमीक्वारी बुढा, प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे, ४० वर्ष मुनीको केन्द्रीय सदस्य युवामा नरेश रोकाया र सुशिलकुमार थापा निर्विरोध निर्वाचित भएका हुन् ।
शनिबारदेखि शुरु भएको एमालेको ११औं महाधिवेशनको आज ४ बजेदेखि मतदान हुदैछ । यस नेतृत्व चयन प्रक्रियामा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे