२०८३ श्रावण ३, आईतबार


देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो फिल्मलाई काठमाडौ र बाहिर गरेर ३२ शो प्रदान गरेको छ । यो फिल्मको पछिल्लो समय गीतका साथै ट्रेलर चर्चामा रहेको छ।
फिल्ममा समावेश गीत ‘पाकेको चिउरी’दर्शकमाझ असाध्यै लोकप्रिय बनेको छ भने यसको ट्रेलरलाई दर्शकले छोटो समयमा नै ११ लाखभन्दा बढि दर्शकले हेरेका थिए। फिल्ममा सुशील श्रेष्ठ,अञ्जना बराईली,सरोज खनाल, करिश्मा मानन्धर,बुद्धि तामाङ,हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भुमिका रहेको छ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’लाई दीपक सिवाकोटीले निर्माण गरेका हुन्। निर्माता सिवाकोटीकै कथा रहेको यस फिल्मको पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेखेका छन्।।
एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्ममा बन्दे प्रसादको सम्पादन,रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने एसडी योगीको संगीत सुन्न सकिन्छ। यस फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन दर्शकले हेर्न पाउने छन्।
पछिल्लो समय उनी द्धन्द्ध निर्देशनमा निकै चर्चामा रहेका छन्। उनको तारिफ हुँदै आएका छन्। फिल्मलाई आर आर फिल्मस्ले वितरण गरेको हो भने ओएसआर डिजिटलले सहकार्य गरेको छ। फिल्म यही माघ ९ गते अर्थात शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आउदैछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे