२०८३ श्रावण ३, आईतबार


निर्माण कम्पनी फिल्म रेञ्जको आधिकारिक युट्युब च्यानलमार्फत उक्त गीत रिलिज गरेको हो।
फिल्मको ‘घर मेरो सानो बुकुरो’ बोलको मर्मस्पर्शी गीतले दर्शकको मन छुने विश्वास निर्देशक सुदीप भुपाल सिंहले व्यक्त गरेका छन् ।
गीतमा सहरबाट गाउँ फर्किने यात्राका क्रममा भोग्ने विभिन्न उतार–चढावलाई प्रस्तुत गरिएको छ । गीतले दर्शकलाई फरक स्वादका साथै विशुद्ध पारिवारिक कथाको झल्को दिने निर्माण टिमको दाबी छ। उक्त गीतमा फिल्मका मुख्य कलाकार आशीर्वाद क्षेत्री र लक्ष्मी गिरी छन्।
‘श्री बुकुरो’को विशुद्ध पारिवारिक कथालाई दर्शकले मन पराउने विश्वास निर्देशक सिंहको छ। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए ।
यसअघि सार्वजनिक गरिएको फिल्मको टिजर र पोस्टरले दर्शकको राम्रो प्रतिक्रिया पाइसकेका छन् । सार्वजनिक गीतले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे