२०८२ बैशाख १८, बिहिबार
शिरासलाई हार्दिक पाण्डेयले साथ दिँदै ३ विकेट लिएका थिए। एक विकेट जसप्रित वु्रराहको नाममा रहेको थियो। जवाफी ब्याटिङमा उत्रिएको भारतले ६.१ ओभरमा श्रीलंकाले दिएको ५१ रनको लक्ष्य पूरा गर्दै उपाधि जितेको हो।
भारतका लागि शुभमन गिलले २७ तथा ईशान किशनले २३ रन जोडे।
कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले १५ ओभरमा १० विकेट गुमाउँदै ५० रन बनाएको छ। यो सँगै भारतले ५१ रनको लक्ष्य पाएको थियो। श्रीलंकाले पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल परेरालाई शून्यमा गुमाएको थियो। तीव्र गतिका बलर जस्प्रित बुमराहको बलमा एज लागेर कुशल विकेटकिपर लोकेश राहुलबाट समातिन पुगेका थिए।
तीव्र गतिका बलर मोहम्मद शिराजको चौथो ओभरको पहिलो बलमा अर्का ओपनर पाथुम निसंका रविन्द्र जडेजाबाट २ रनमा क्याच आउट भए।
एक बलपछि सदिरा समराविक्रमालाई शून्यमा एलबीडब्लू आउट गरेपछि भारतले सानदार सुरुवात गरेको थियो। पहिलो बलमै चरिथ असलंका ईशान किशनबाट क्याच आउट भएका थिए।
ह्याट्रिक बलमा धनन्जय डि सिल्भाले चौका प्रहार गरेका थिए। तर अन्तिम बलमा सिल्भा पनि एज लागेर विकेटकिपरबाट क्याच आउट भएपछि विकेट झर्नेक्रम रोकिएन।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे