२०८२ बैशाख १९, शुक्रबार
नेपालले दिएको १७३ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले ३७.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १७२ रन मात्र बनाएको थियो ।
योसँगै यस सिरिजमा नामिबियाले ४ खेलमा ३ जितसहित ६ अंक हासिल गरेर सिरिज जितेको छ भने नेदरल्याण्डसले ४ खेलमा २ खेल जितेर ४ अंक हासिल गरेको छ । त्यसैगरी नेपालले भने ४ खेलमा केवल एक खेल मात्र जितेर २ अंक हासिल गरको छ ।
लिग-२ को यो सिरिज सकिएसँगै अब नेपाल, नेदरल्याण्डस र नामिबियाले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने छन् । सिरिजको पहिलो खेल फेब्रुअरी २७ मंगलबार टियु मैदानमा नेपाल र नामिबिया खेल्दै छन् ।
त्यसैगरी नेपालले अब आइसीसी क्रिकेट विश्वकप लिग-२ मा अर्को सिरिज आगामी सेप्टेम्बरमा क्यानडामा क्यानडासहित ओमानसँग खेल्ने तालिका छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे