२०८२ बैशाख १७, बुधबार
नेपाली काँग्रेस गैंडाकोट नगर कार्यसमितिको आयोजनामा फागुन ८ देखि १४ गतेसम्म वि.पी. स्मृती कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने आज आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेस नगरसभापति बद्री सापकोटाले बताउनुभयो।
“खेलकुद र युवा काँग्रेसको अभियान स्वास्थ्य समाज निर्माण र खेलाडीको सम्मान” भन्ने मूल नारा सहित फुटबल प्रतियोगिताको आयोजना गरिएको सापकोटाले जानकारी दिनुभयो।
ग्रामीण स्तरका टिमहरुलाई राष्ट्रिय टिमको रुपमा विकास गरि आधार क्षेत्र फराकिलो पार्नु, फिफा र एफसी संग सम्बन्धन प्राप्त एन्फा र खेलाडीहरुको क्षमता विकास गर्ने, बेरोजगार, सक्षम यूवा खेलाडीहरुलाई लागुपदार्थ तथा दुर्व्यसनबाट बचाई खेल रोजगारीको प्रत्याभूति गर्ने, स्थानीय स्तरका महिला तथा युवाहरुलाई खेलकुद कार्यक्रमहरुमा सहभागी गराई सामाजिक तथा मानसिक विकासमा टेवा पुऱ्याउने, बालबालिकाहरुलाई कुलत र विसंगतीबाट जोगाई जुनसुकै खेलमा प्रवेश गर्न हौसला प्रदान गर्ने, खेलको माध्यमबाट आन्तरिक पर्यटन विकासका साथै समृद्ध गैंडाकोट निर्माणका लागि सहयोग गर्ने, खेल खेलाडी संगसंगै प्रायोजकलाई पनि अगाडी राखी कम्पनिको व्यापार प्रवर्धन तथा ख्याती बढाउने मूख्य उद्देश्य रहेको सापकोटाले बताउनुभयो।
खेल फाल्गुन ८ गते देखि गैडाकोट क्षेत्रिय रंगशाला ३,४ र ८ को मैदानमा हुँदैछ। फूटवल प्रतियोगिताको आयोजकमा नेपाली कांग्रेस गैडाकोट नगर कार्यसमिति, समन्वय गैंडाकोट खेलकुद समिति, संयोजन नेपाली कांग्रेस नवलपूर जिल्ला कार्यसमिति रहेका छन् भने प्रर्वद्धकमा नवलपुर जिल्ला खेलकुद विकास समिति, वलपुर जिल्ला फुटबल संघ र गैडाकोट नगर खेलकुद विकास समिति रहेका छन्।
खेलमा नवलपुर जिल्लाका ८ वटै पालिकाबाट खेलाडी उपस्थित हुने र सम्पूर्ण खेलाडीहरू सोही पालिकाका नागरिक हुनुपर्ने समेत आयोजकले बताएको छ।
प्रथम पुरस्कार नगद – रु १००,०००।-, शिल्ड, मेडल र प्रमाण पत्र, द्वितिय पुरस्कार नगद रु ५०,०००।- शिल्ड, मेडल र प्रमाण पत्र रहेको छ।
सर्वोत्कृष्ट खेलाडीलाई नगद रु १०,०००।-, ट्रफी र प्रमाण पत्र, सर्वाधिक गोलकर्तालाई नगद रु ५०००।-, ट्रफी र प्रमाण पत्र साथै सर्वोत्कृष्ट गोल रक्षकलाई नगद रु ५०००।-, ट्रफी र प्रमाण पत्र, उत्कृष्ट डिफेन्सलाई नगद रु ५,०००।- समेतको व्यवस्था समेत रहेको छ। प्रत्येक दिनको खेलमा प्लेयर अफ दि म्याच घोषणा गरि नगद रु १,००० ट्रफी प्रदान गरिने सापकोटाले बताउनुभयो। ट्रफीको अनावरण पत्रकार सम्मेलनका प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला सभापती महेन्द्रध्वज जिसीले गर्नुभएको थियो।
प्रतियोगितामा अनुमानित खर्च बाह्र लाख चौतिस हजार छ सय हुने अपेक्षा गरिएको बद्री सापकोटाे बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे