२०८२ बैशाख १७, बुधबार
नयाँ पुस्ता भोलिको राष्ट्रका मार्गदर्शक हुन्। उनीहरूमा संस्कार, विचार र विवेकको बीज रोप्न सकियो भने मात्र समृद्ध समाजको निर्माण सम्भव हुन्छ भन्ने विश्वासका साथ देशकै पहिलो सर्बाधिक पुरस्कार राशिसहितको राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता आयोजकले जानकारी दिएको छ।
ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ अन्तर्गत माध्यमिक विद्यालय (कक्षा ८–१२) स्तरीय राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको हो।
वक्तृत्वकला शिर्षकः “सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी” रहेको छ। यो प्रतियोगिता सनातन संस्कृतिमा विद्यार्थीहरूको समर्पण, समझदारी र सम्भावनाको प्रदर्शनी हो। ज्ञान, निष्ठा र सभ्यताको माध्यमबाट आफ्नो अभिव्यक्ति उजागर गर्ने प्रतिभालाई पुरस्कृत गरिने आयोजक संस्था मानव सेवा फाउन्डेशन पोखराले जानकारी दिएको छ।
वक्तृत्वकला प्रतियोगिताको प्रथम पुरस्कार रु. ५१,१५१/-, द्वितीय पुरस्कार रु. ४१,१४१/- , तृतीय पुरस्कार रु. ३१,१३१/-, प्रशंसनीय पुरस्कार रु. २१,१२१/- रहेको फाउन्डेशन पोखराले बताएको छ।
प्रतियोगिता २०८२ जेठ १ गते देखि जेठ २५ गते सम्म संचालन हुनेछ। थप जानकारीका लागि तल दिईएको नम्बरमा सम्पर्क गर्नुहुन आयोजकले आग्रह गरेको छ। यस अनुपम अवसरमा विद्यार्थीहरुलाई सहभागी गराई विद्यार्थीहरूको आत्मविश्वास, अभिव्यक्ति कला र संस्कृतिक चेतना अभिवृद्धिमा साथ दिन सम्पूर्ण शिक्षकज्यूहरू, अभिभावकज्यूहरू र विद्यालय परिवारलाई हार्दिक अनुरोध गरिएको फाउन्डेशन पोखराले बताएको छ।
सम्पर्क : ९८५६०३२४७३/९८६३२५२१२१/९७०५२५२१२५
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे