२०८२ अषाढ २८, शनिबार
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन बनेका कर्मचारीहरू तम्घासमा भेटिएका हुन् । प्रहरी र स्थानीय प्रशासनले उनीहरूसँग सामान्य सोधपुछ गरेको थियो ।
सोधपुछका क्रममा कर्मचारीहरूले योजना सम्पन्न नगरी भुक्तानीको माग बढेपछि तनाव सिर्जना भएको र सोही दबाब थेग्न नसकी केही समय कार्यस्थलबाट बाहिरिएको बताएका छन् । उहाँहरूलाई रोल्पाका प्रमुख जिल्ला अधिकारी, प्रहरी कार्यालय तथा थबाङ गाउँपालिकाका अध्यक्षसँग समन्वय गरेर कार्यस्थल फिर्ता पठाइएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
स्थानीय तहहरूमा आर्थिक वर्षको अन्त्यसँगै विभिन्न योजनाको भुक्तानी दिने कार्य असार २५ गतेभित्र सम्पन्न गर्नुपर्ने भएकाले कर्मचारीहरूमा दबाब बढेको थियो । त्यही दबाब थेग्न नसकेर सम्पर्कविहीन भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बुधवार राति सम्पर्कमा आएका ती कर्मचारी बिहीबार बिहानै कार्यस्थलतर्फ फर्किएका छन् । गाउँपालिकाले असार २५ गते एक सूचना प्रकाशित गर्दै उनीहरू सम्पर्कविहीन रहेको आधिकारिक जानकारी दिएको थियो ।
त्यसपछि स्थानीयवासी, सेवाग्राही, जनप्रतिनिधि तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबिच व्यापक प्रतिक्रिया र आलोचना देखिएको थियो । सम्पर्कविहीन बनेका कर्मचारीहरूमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित लेखा, प्राविधिक तथा प्रशासन शाखाका कर्मचारीहरू रहेका थिए । योजना भुक्तानीको संवेदनशील समयमै एकै पटक सबै कर्मचारी सम्पर्कविहीन हुँदा जनमानसमा गम्भीर शङ्का र असन्तुष्टि उत्पन्न भएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे