२०८२ अषाढ २८, शनिबार
बीचको फराकिलो सडक र सडकपेटीमा दैनिक उपभोग्य वस्तुका पसलमा मानिसहरुको बाक्लो चहलपहल देखिन्छ । दैनिक उपभोग्य सामान खरिदसँगै सडकमा रहेका स्टलमा उपभोक्ताको भीड बढ्दै गएको छ ।
स्थानिय तथा अर्ग्यानिक उत्पादनको बजारीकरणलाई प्राथमिकता दिएर बजार सञ्चालन गरिएको भरतपुर-२ का वडा अध्यक्ष मनोज रानाभाटले बताउनुभयो । ‘उत्पादित तरकारी घरायसी प्रयोगबाट बढी भएको तरकारी बिक्रि गर्न मिल्ने बजार हो । जसले अर्ग्यानिक उत्पादन उपभोक्ताले खरिद गर्न पाउनेछन्’ वडा अध्यक्ष रानाभाटले भन्नुभयो ।
बजारमा करिब सयवटा स्टल बुकिङ भएको थियो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मिप्रसाद पोडेल, चितवन प्रहरी प्रमुख गोविन्द पुरी सहभागी हुनुभएको थियो ।
रात्रिकालीन बजारमा संचालन गरिएको होटल तथा रेष्टुराँमा मदिरा निषेधित गरिएको छ । बजारलाई सुरक्षित र सौहार्द बजाउन मदिराको विक्रि वितरणमा रोक लगाइएको वडा अध्यक्ष रानाभाटले बताउनुभयो ।
हरेक शुक्रवार संचालन हुने बजार राती दश बजेसम्म खुल्ने छ । क्षेत्रपुरको नमस्ते चोकदेखि करिब पाँच सय मिटर उत्तरतर्फसम्म बजार संचालन गरिएको छ ।
भरतपुर-२ का नागरिकका लागि स्टल निशुल्क उपलब्ध गराइएको छ । महानगरका अन्य वडाको हकमा सामान्य शुल्क लिएको वडा अध्यक्ष रानाभाटले बताउनुभयो । बजार क्षेत्रभित्र सवारी साधन संचालनमा रोक लगाइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे