२०८३ भाद्र २७, शनिबार



एक्सेस एजुकेसन नेटवर्क टिमको तर्फबाट उक्त रकम नबिल बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
विपद्को यस कठिन परिस्थितिमा संस्थाको सामाजिक उत्तरदायित्वबारे बोल्दै संस्थाका संस्थापक तथा प्रबन्ध निर्देशक पुष्पराज पौडेलले भने, “हामी २१ वर्षदेखि समाजसँग जोडिएर अघि बढिरहेका छौँ। विपत्तिको यो घडीमा प्रभावित नागरिकहरूको साथमा उभिनु र उहाँहरूको पुनःस्थापनामा सहयोग पुर्याउनु हाम्रो दायित्व हो। एक्सेस एजुकेसन नेटवर्क टिमले गरेको यो सहयोगले बाढी-पहिरोपीडितको उद्धार र राहत कार्यमा केही हदसम्म भए पनि टेवा पुग्ने विश्वास लिएका छौँ।”
संकटको समयमा एकताबद्ध भई देशव्यापी पुनर्निर्माण र राहत प्रयासमा सबैले हातेमालो गर्नुपर्नेमा संस्थाले जोड दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे