२०८२ बैशाख १७, बुधबार
लुसाइल स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सी र एन्जो फर्नान्डेसले एक–एक गोल गरे । मेस्सीले खेलको ६४औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको निर्णायक खेलमा अग्रता दिलाएका थिए ।
खेलको ८७ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ३ अंक जोडेको छ । अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ । पराजित मेक्सीको दुई खेलबाट १ अंक जोडेर तालिकाको पुछारमा छ ।
अब अर्जेन्टिनाको अन्तिम १६ प्रवेशको सम्भावना अन्तिम खेलले तय गर्नेछ । अन्तिम खेलमा पनि अर्जेन्टिनालाई जितको आवश्यक छ । अर्जेन्टिनाले आफ्नो अन्तिम तथा निर्णायक खेल पोल्यान्डसँग खेल्नेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे