२०८२ बैशाख १८, बिहिबार
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार र बिहीबार यातायात व्यवस्था कार्यालय र वैदेशिक रोजगार कार्यालयबाट ३८ जनालाई पक्राउ गरेको एसपी दिनेशराज मैनालीले जानकारी दिए।
उनीहरूमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। उनीमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढ्ने भएको हो।
यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट २५ जना र वैदेशिक रोजगार कार्यालय ताहाचलबाट १३ जनालाई पक्राउ गरेको हो।
उनीहरूले सेवाग्राहीलाई दु:ख हैरानी दिने गरेको आरोप छ। यस्तै लाग्ने छिटो काम सकाइदिने भन्दै दस्तुरभन्दा बढी रकम असुल्ने, बाधा अवरोध पुर्याउने गरेको समेत आरोप छ। सेतोपाटीबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे