• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ३, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
२

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
३

बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठायो

२०८३ भाद्र ११, बिहिबार
४

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

२०८३ भाद्र ८, सोमबार
५

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
६

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

२०८३ भाद्र १९, शुक्रबार
७

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

२०८३ भाद्र १६, मंगलबार
८

बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो

२०८३ भाद्र १६, मंगलबार
९

रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को भए चयन?

२०८३ भाद्र ५, शुक्रबार
१०

एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

२०८३ भाद्र १८, बिहिबार
११

रास्वपा केन्द्रीय सदस्यहरुको कार्यशाला आज सकिदै

२०८३ भाद्र ७, आईतबार
१२

गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

२०८३ भाद्र १८, बिहिबार

लोकसेवा तयारी : समसामयिक ३० वस्तुगत प्रश्नोत्तर – भाग १

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ फागुन ११, बुधबार

  • ७१४ पटक पढिएको
  • १. कोहलपुरमा निर्माण भएको गोरखापत्र संस्थानको प्रकाशन गृहको उद्घाटन कहिले गरिएको हो ?
     वि.सं. २०७८ फागुन ७
    – सो प्रकाशन गृहको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा काठमाडौँबाट भर्चुअल रूपमा गरिएको ।
    – दुई वर्षअघि भाडाको पूर्वाधारबाट प्रकाशन सुरु भए पनि विविध कठिनाइका कारण प्रकाशनको काम अवरुद्ध बन्न पुगेको थियो ।

    २. भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) उडान कहिले सुरुवात गरियो ?
     वि.सं. २०७८ फागुन ६
    – करिब एक हप्ताको क्यालिब्रेसन फ्लाइटपश्चात् परीक्षण
    उडान गरिने ।
    – वि.सं. २०७९ वैशाख १ गते विमानस्थल उद्घाटन गरिने ।

    ३. नेपाल पन्छी संरक्षण सङ्घले नेपालमा पाइने चराको गणनाका लागि प्रयोगमा ल्याएको एप कुन हो ?
     छिमेकी चरा
    – सङ्घले छिमेकी चरा एपमार्फत नेपालमा पाइने चराको गणना गर्नुका साथै संरक्षणको पहल गर्ने भएको ।
    – सो एपमार्फत चराको सङ्ख्या, जिल्लाअनुसार चराको जातिको विवरण प्राप्त हुने जनाइएको ।
    – यो एप जो कोहीले पनि आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिने । एप प्रयोग गर्ने व्यक्तिले आफ्नो घर वरपर, बगैँचा, वनजङ्गल वा कुनै स्थानमा चराको विवरण एपमार्फत सङ्घलाई सूचना दिन सक्ने । एपमा भएका चरामध्ये जुन चरा हो, सोही चराको फोटो क्लिक गर्नुपर्ने । चराको फोटोसँगै नम्बर पनि राखिएको । चरा चिन्न नसकेमा वा एपमा राखिएका एक सय चरामध्ये आफूले देखेको चरा छुट्याउन नसकेमा एपमा नै सहयोग माग्न सकिने ।
    – विदेशमा यस्तो अभ्यास धेरै अघिदेखि हुँदै आएको ।
    – सङ्घका अनुसार हाल (२०७८ फागुन)सम्म नेपालमा ८८८ प्रजातिका चरा पहिचान भएका ।

    ४. रोलेक्स कन्जर्भेसन अवार्ड, २०२१ बाट सम्मानित हुने नेपाली को हुन् ?
     रिन्जिन फुन्डोक लामा

    ५. नेपाल धितोपत्र बोर्डको अध्यक्षमा कसलाई नियुक्त गरियो ?
     रमेश हमाल
    – (वि.सं. २०७८ फागुन ५ मा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको ।)

    ६. दलित समुदायबाट पहिलो प्रमुख जिल्ला अधिकारी बन्ने राष्ट्रसेवक कर्मचारी को हुनुहुन्छ ?
     उपसचिव सीता परियार
    – गृह मन्त्रालयले उहाँलाई हुम्ला जिल्लाको सीडीओको जिम्मेवारी दिएको ।
    – कास्कीको रूपा गाउँपालिका–६ की स्थायी बासिन्दा परियार २०६८ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएको ।

    ७. सार्जे हिमाललाई शान्ति पिक भनेर चिनिन्छ भने कञ्चनजङ्घा हिमाललाई के भनी चिनिन्छ ?
     नेपाल पिक

    ८. साहित्यकार तारानाथ शर्मा (ताना)को निधन कहिले भएको हो ?
     वि.सं. २०७८ फागुन ३
    – घोत्ल्याइँहरू (२०२१), भानुभक्तदेखि तेस्रो आयामसम्म (२०२७), सम र समका कृति (२०२९) उहाँका चर्चित समालोचना कृति हुन् । बेलायततिर बरालिँदा (२०२६) र पाताल प्रवास (२०४२) प्रसिद्ध नियात्रा हुन् । नमस्ते (२०४४), जीवनका छाल (२०३०), श्रद्धाका सुमन (२०४४) प्रसिद्ध निबन्ध सङ्ग्रह एवं सुली (२०३०), मेरो कथा (२०२३), झझल्को (२०२३), ओझेल पर्दा (२०३५) उनका औपन्यासिक कृति हुन् ।
    – वि.सं. १९९१ असार ९ गते इलामको बरबोटेमा जन्मनुभएका शर्मा ‘ताना शर्मा’को नामबाट परिचित हुनुहुन्थ्यो ।
    – नेपाली भाषाको झर्रोवादी आन्दोलनका अभियन्ता ।
    – शर्माले बेलायततिर बरालिँदा निबन्ध सङ्ग्रहका लागि २०२६ सालमा मदन पुरस्कार, २०२९ सालमा ‘सम र समका कृति’का लागि साझा पुरस्कार पाउनुभएको थियो । २०२३ सालमा रत्नश्री स्वर्णपदक पाउनुभएका उहाँ २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कारबाट पनि सम्मानित हुनुभएको थियो ।

    ९. नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा देशकै ठूलो चार सय केभी सबस्टेशन कहाँ निर्माण गरिएको छ ?
     धनुषा

    १०. हाउस अफ रिप्रिजेन्टेटिभमा दोस्रो पटक महाभियोग सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति को हुन् ?
     डोनाल्ड ट्रम्प

    ११. ल्यान्ड अफ क्रिकेट भनी कुन देशलाई चिनिन्छ ?
     इङ्गल्यान्ड

    १२. महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार बेरुजु फस््र्योटमा उत्कृष्ट बनेको विश्वविद्यालय कुन हो ?
     लुम्बिनी बौद्ध विश्वविद्यालय (लगातार तेस्रो पटक उत्कृष्ट बनेको)
    – बेरुजु फस्र्योट मूल्याङ्कन तथा अनुगमन समितिले बेरुजु फस्र्योटमा निर्धारण गरेका लक्ष्य पूरा गर्दै विश्वविद्यालय उत्कृष्ट बनेको ।
    – सो विश्वविद्यालयको आ.व. २०७६÷७७ को लेखापरीक्षणमा ०.४ प्रतिशत मात्रै बेरुजु देखिएको ।

    १३. ड्रोन निर्माण गरी उडाउने १५ वर्षीय विद्यार्थी को हुन् ?
     किरण अधिकारी (लमजुङ)
    – लमजुङस्थित यशोब्रह्म माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत अधिकारीले ड्रोन बनाई उडाएका ।
    – सो ड्रोनले तीन कि.मि.को दूरी र उचाइमा पनि तीन कि.मि. उड्न सक्ने बनाएका ।
    – डेढ केजीसम्मको तौल बोक्न सक्ने सो ड्रोनले औषधि बोक्ने, सभा समारोहमा पूmलको वर्षा गराउने, राष्ट्रिय झन्डाको प्रदर्शन गर्नेजस्ता कार्य गर्न सक्ने गरी बनाइएको ।
    – उनले कक्षा ९ मा पढ्दै गर्दा आपूmले बनाएको रिमोट कन्ट्रोल गाडीमा चढेर एक किमिको यात्रा गरेका ।
    १४. आसियानका वर्तमान महासचिव को हुन् ?
     लिम जाक होइ (ब्रुनाई)

    १५. नेपालकै पहिलो स्काइ क्याफे कहाँ सञ्चालनमा ल्याइएको छ ?
     पर्वत (वि.सं. २०७८ माघ)
    – कालीगण्डकीको सतहबाट २२८ मिटरको उचाइमा रहेको बन्जीबराबरकै उचाइमा सो क्याफे सञ्चालन गरिएको ।
    – स्काइ साइक्लिङका लागि राखिने तारजस्तै गरेर कालीगण्डकी नदी किनारमा रहेको अग्लो भीरमा तार टाँगेर बेन्च टेबलसहितको क्याफेलाई घिर्नीको माध्यमबाट सोही तारमा झुन्ड्याइएको । घिर्नीको माध्यमबाट डरलाग्दो भीरमाथि तारमा क्याफे बिस्तारै हिँडिरहेको हुन्छ । त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरु गर्दा अर्डर गरेको खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न सक्ने ।
    – झन्डै ९५ लाख रुपियाँको लगानीमा बनेको उक्त क्याफेमा प्रतिव्यक्ति २५ सय शुल्क राखिएको ।

    १६. यस वर्ष (सन् २०२२) को ओस्कार अवार्डका लागि विभिन्न विधामा मनोनयनमा परेका उत्कृष्ट चलचित्र कुन कुन हुन् ?
     क्ेल फास्ट, कोडा, डन्ट लुक अप, ड्राइभ माइ कार, ड्युन, किङ्ग रिचर्ड, लिकोराइस पिज्जा, नाइटमेयर एली, द पावर अफ डग, बेस्ट साइड स्टोरी
    – मनोनयन सूचीमा नेटफ्लिक्सको द पावर अफ द डग सर्वाधिक १२ विधामा मनोनयन भएको ।
    – त्यस्तै फिल्म ड्युन उत्कृष्ट चलचित्र र निर्देशकसहित १० विधामा मनोनयन भएको । फिल्म वेल फास्ट र साइड स्टोरीले उत्कृष्ट चलचित्रसहित सात विधामा मनोनयन सुरक्षित गरेका ।

    १७. अपराधीलाई आर्थिक दण्ड दिने चलन कसले चलाएका थिए ?
     जयस्थिति मल्ल

    १८. मध्यकालमा सुदूरपश्चिममा बाइसे राज्य थिए भने मध्य क्षेत्रमा कस्ता राज्य थिए ?
     चौबिसे राज्य

    १९. पूर्वको गोसाइँकुण्ड भनेर चिनिने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कुन हो ?
     तिम्बुपोखरी
    – पाँचथरको याङवरक गाउँपालिका–२ र ताप्लेजुङको सिदिम्बा गाउँपालिका–१ को सीमामा अवस्थित तिम्बुपोखरी पर्यटकीय र धार्मिक दृष्टिले महìवपूर्ण गन्तव्यका रूपमा चिनिएको ।
    – समुद्री सतहबाट ४४८० मिटरको उचाइमा रहेको तिम्बुपोखरी नेपालको नक्सा आकारमा फैलिएको ।
    – तिम्बुपोखरी आसपासमा हाडीपोखरी, रामलक्ष्मण, लक्ष्मी पोखरी, मयुरपोखरी, दुधपोखरी लगायतका पोखरी रहेका ।
    – कञ्चनजङ्घासहित अन्य हिमशृङ्खला दृश्यावलोकनका साथै यात्राका क्रममा हिमाली जनजीवनसँग प्रत्यक्ष साक्षात्कार गर्न सकिनेलगायतका आकर्षण यस क्षेत्रमा रहेको ।

    २०. व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
     वाणिज्यमन्त्री वा राज्यमन्त्री

    २१. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?
     सन् १९९८
    – संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८–२००६) हुन् ।
    – हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका ।

    २२. स्वरसाम्राज्ञी लता मङ्गेशकरको निधन कहिले भएको हो ?
     सन् २०२२ फेब्रुअरी ६

    २३. चर्चित गायक तथा सङ्गीतकार बप्पी लहरीको निधन कहिले भएको हो ?
     सन् २०२२ फेब्रुअरी १५
    – सन् १९५२ मा पश्चिम बङ्गालमा जन्मिएका बप्पीको मातापिता दुवै बङ्गाली गायक गायिका तथा सङ्गीतकार थिए । किशोर अवस्थामा नै सङ्गीत क्षेत्रको बाटो तय गरेका उनले सन् १९७२ मा बङ्गाली फिल्म दादुमार्फत फिल्मी गीतमा सङ्गीत भर्न थालेका थिए भने सन् १९७३ मा आएको फिल्म नन्हा शिकारीमार्फत हिन्दी फिल्मका गीतमा समेत सङ्गीत भर्न सुरु गरेका थिए ।
    – फिल्म डिस्को डान्सरको आई एम ए डिस्को डान्सर बोलको गीतले उनलाई थप चर्चित बनाएको ।
    – करिब नौ हजार गीतका लागि सङ्गीत सिर्जना गरेका उनका याद आ रहा हे तेरा प्यार, तमा तमा लोगे, दिवाना दिवाना कर, आना आना, चलते चलतेलगायतका गीत निकै
    चर्चित रहेका ।

    २४. चीनले लङ मार्च टु एफ नामक रकेटमार्फत तीन अन्तरिक्ष यात्रीलाई कहिले आफ्नो नयाँ स्पेस स्टेसनमा पठाएको हो ?
     सन् २०२१ जुन १७

    २५. भूमिसम्बन्धी ऐन, २०२१ अनुसार ‘विभाग’ भन्नाले के बुझिन्छ ?
     भूमि व्यवस्थापन तथा अभिलेख विभाग

    २६. हाल (२०७८ फागुन) सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहमा गरी कति कर्मचारीको दरबन्दी रिक्त रहेको छ ?
     ४९ हजार
    – विभिन्न पदमा गरी कुल एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेकोमा अहिले ८७ हजार कर्मचारीको मात्र दरबन्दी पूरा भएको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको ।
    – ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त हुँदा विकास निर्माण र सेवा प्रवाहको कार्यमा असर पुग्न गएको ।

    २७. तरुनी छोरीका लेखक शङ्कर कोइराला हुन् भने तरुनी खेतीका लेखक को हुन् ?
     सरुभक्त

    २८. केन्द्रीय तथ्याङ्क विभागको स्थापना कहिले भएको हो ?
     वि.सं. २०१४

    २९. मुलुककै जेठो ‘राष्ट्रिय सङ्ग्रहालय’ कहाँ रहेको छ ?
     छाउनी, काठमाडाँैं
    – (१८ हजारभन्दा बढी महìवपूर्ण एवं विश्वकै दुर्लभ कला तथा वस्तुको सङ्ग्रह रहेको यो सङ्ग्रहालय वि.सं. १९९५ फागुन १ देखि शुल्क लिएर सर्वसाधारणका लागि खुला गरिएको ।)

    ३०. ग्लोबल इन्नोभेसन इन्डेक्स–२०२१ मा नेपाल कति औँ स्थानमा रहेको छ ?
     १११औँ

    प्रस्तुतकर्ता: टंक के.सी/गोरखापत्र

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    लोकसेवा सम्बन्धि थप
  • लोकसेवा तयारी: समसामयिक बिषयगत प्रश्नोत्तर – भाग २८

  • लोकसेवा तयारी: समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग २८

  • लोकसेवा तयारी: समसामयिक बिषयगत प्रश्नोत्तर – भाग २७

  • लोकसेवा तयारी: समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग २७

  • समाचार
  • १

    तेस्रो संस्करणको अङकुरम्–मोडल युनाइटेड नेसन्स कार्यक्रम उद्घाटन
    २०८३ आश्विन ३, शनिबार

  • २

    ‘छ माया छपक्कै २’ फूलपातीमा प्रदर्शन हुने
    २०८३ आश्विन ३, शनिबार

  • ३

    आजदेखि अङ्कुरम् एकेडेमीमा तेस्रो संस्करणको नमुना संयुक्त राष्ट्रसंघीय कार्यक्रम सुरु
    २०८३ आश्विन ३, शनिबार

  • ४

    प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरी ठगी गर्ने दुई जना पक्राउ
    २०८३ आश्विन ३, शनिबार

  • ५

    एशियाली खेलकुद आजदेखि जापानमा, ४५ देशका खेलाडी सहभागी हुँदै
    २०८३ आश्विन ३, शनिबार

  • ६

    गण्डकी सहितका तीन प्रदेशमा भारी बर्षा हुने
    २०८३ आश्विन ३, शनिबार

  • ७

    स्वास्थ्य विभागका तत्कालीन वरिष्ठ प्रशासक डा. सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा
    २०८३ आश्विन २, शुक्रबार

  • ८

    १३ देशका लागि राजदूत सिफारिस
    २०८३ आश्विन २, शुक्रबार

  • ९

    माथिल्लो त्रिशूली–१ को सुरुङबाट थप ६ शव निकालियो
    २०८३ आश्विन २, शुक्रबार

  • १०

    नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
    २०८३ आश्विन २, शुक्रबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution