• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ३, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
३

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

२०८३ आश्विन ४, आईतबार
४

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

२०८३ आश्विन ४, आईतबार
५

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
६

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
७

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
८

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
९

‘छ माया छपक्कै २’ फूलपातीमा प्रदर्शन हुने

२०८३ आश्विन ३, शनिबार
१०

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
११

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
१२

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार

ई-पासपोर्टको फारम भर्दा ध्यानदिनुपर्ने १५ महत्वपूर्ण कुराहरु 

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ चैत्र ५, शनिबार

  • ६४७ पटक पढिएको
  • ई-पासपोर्टको लागि अनिवार्यरुपमा अनलाइनबाट फारम भरि मिति र समय बुक गर्नुपर्दछ। सोही मिति र समयको आधारमा सम्बन्धित ठाउँमा गएर फारम देखाएपश्चात मात्रै फोटो खिचाउने प्रक्रिया शुरू हुन्छ। ई-पासपोर्टको फारम भर्दा ध्यानदिनुपर्ने महत्वपूर्ण कुराहरुलाई यहाँ प्रस्तुत गरिएको छ।
    १. जिल्ला प्रशासन कार्यालय वा अन्य कुनै निकायको सिफारिस वा पत्र लिएर आएमा विभागबाट छिटो राहदानी बनाउन सकिन्छ वा सकिदैन ?

    सकिदैन । आफूले बुक गरेको मिति र समयमा मात्र आउनै पर्ने हुनाले पछिको बुकिङ्ग भएका सेवाग्राहीलाई अगाडि ल्याएर सेवा प्रदान गर्न सकिदैन । त्यसैले जिल्लाबाट पहिले मिति र समय बुक गरेर सोही मिति र समयमा मात्र विभागमा आउनु पर्ने हुन्छ । यसरी आएमा कुनै सिफारिस आवश्यक पर्दैन । स्वास्थ्य उपचार जस्तो अत्यावश्यक अवस्थामा मात्र निकै सीमित सेवाग्राहीलाई विभागको क्षमताले भ्याएमा सेवा प्रदान हुन सक्छ ।
    २. फाराम भर्दा धेरै सेवाग्राहीहरुले गर्ने गरेका त्रुटीहरु के के हुन?
    निवेदनका प्रकार गलत छनौंट: जस्तै पहिलो पटक राहदानी लिन, नवीकरण गर्न, हराएको बिग्रेको सट्टामा लिन (निवेदनका प्रकार गलत छनौंट गरी फाराम भरेमा त्यो फारामले काम गर्दैन । पुनः भर्नु पर्नेछ ) ।
    विवरण गलत भरेको: पुराना यन्त्रबाचक राहदानी भएको तर विवरण उल्लेख नगरेको । प्रणालीबाट सबै कुरा सबै कुरा भिडान हुने हुनाले कुनै विवरण लुकाउनु हुँदैन ।
    गलत पृष्टको राहदानी छनौट गरेमा: ३४ र ६६ पृष्ठका राहदानीको दस्तुर फरक फरक छ । विभागमा निवेदन दिंदा ३४ पृष्ठको राहदानीको १२ हजार र ६६ पृष्ठको राहदानीको २० हजार दस्तुर लाग्छ । जिल्ला र नियोगमा निवेदन दिंदा छुट्टै दस्तुर लाग्छ । १२ हजार दस्तुर तिर्न चाहेको तर ६६ पृष्ठ छनौंट गरी फाराम भरेमा त्यो फारामले काम गर्दैन। पुनः भर्नुपर्नेछ ।
    जन्मस्थान गलत उल्लेख गरेको : आफू जन्मेको जिल्ला लेख्ने ठाउँमा नागरिकता जारी गरेको जिल्ला छनौट गरी त्रुटी हुने गरेको । जुन जिल्लामा आफू जन्मेको हो सोही जिल्ला उल्लेख गर्नु पर्दछ ।
    जरुरी परेमा सम्पर्क गर्ने विवरणः आफ्नै नाम ठेगाना लेख्नु हुँदैन । परिवारका सदस्य वा नातेदारको लेख्नु पर्दछ ।
    नाम र थर लेख्दा त्रुटी : नाममा शुरुको नाम र बीचको नाम लेख्नु पर्दछ । थरमा थर मात्र लेख्नु पर्दछ । जस्तै राम बहादुर मगर नाम भएमा नाममा राम बहादुर र थरमा मगर लेख्नु पर्दछ । नाम राम बहादुर घर्ती मगर भएमा नामको महलमा राम बहादुर र थरको महलमा धर्ति मगर लेख्नु पर्दछ ।
    नामको स्पेलिङ्ग गलत हुने गरेको : आफ्नो नागरिकता, आफूले अध्ययन गरेको प्रमाणपत्र तथा पुरानो राहदानीमा उल्लेख भएको नामको स्पेलिङ्गलाई ख्याल गरेर टाइप गर्नु पर्दछ ।
    फाराम भरी सकेपछि निवेदनको प्रकार र आफूले चाहे भन्दा फरक पृष्ठ संख्याको राहदानी छनौट गरेको अवस्था बाहेक अन्य विवरणहरुमा सामान्य त्रुटी भएमा रुजु अधिकारी वा लाइभ इनरोलमेन्ट गर्ने अधिकारीले संशोधन गर्न सक्नेछन । तर तस्विर खिची फाराम ठीक छ भनेर हस्ताक्षर गरेपछि कुनै विवरण संशोधन हुने छैन । यस पछि कुनै त्रुटी भएको भए पुनः फाराम भरी थप दस्तुर तिर्नु पर्ने हुँदा विशेष ध्यान दिनु होला ।
    ३. विभागमा विद्युतीय राहदानी बनाउन कति समय लाग्छ ?
    सामान्य अवस्थामा अनलाइनबाट फाराम भरी बुक गरेको मिति र समयमा गएर लाइभ इन्रोलमेन्ट गरे पछि दुई कार्य दिन लाग्छ । पछाडिको बुकिङलाई अगाडि ल्याउन सकिने छैन । त्यसैले विदेश जाने समयलाई पूर्व आकलन गरेर यथासमयमा नै इनरोलमेन्टको लागि समय बुक गर्नु होला ।
    नागरिकता, राष्ट्रिय परिचयपत्र, पुरानो राहदानीसँग विवरण रुजु नभएमा, थप अनुसन्धान गर्नु पर्ने भएमा, ICAO को मापदण्डअनुसार तस्विर आदि नभएर प्रणालीले स्वीकार नगरेमा राहदानी बनाउन थप समय लाग्ने हुन्छ । त्यसैले राहदानी हातमा नपरेसम्म टिकट बुक गर्ने वा भ्रमण तय गर्ने कार्य नगर्नु होला । संकलन गर्न तयारी भएको एसएमएस आए पछि आफूले लाइभ इन्रोलमेन्ट गर्न बुकिङ्ग जुन समयमा गरेको हो सोही समयमा मात्र लिन आउनु होला । सामान्यतया दुई कार्य दिन भित्र एसएमएस आउंछ । यदि रिजेक्ट भयो भने कारण बताइएको हुन्छ । सोहीअनुसार गर्नु होला । दुई कार्य दिन भित्र कुनै पनि एसएमएस नआएमा निवेदन अनुसन्धानमा गएको हुन्छ । करिब चार पाँच दिन धैर्य गर्नु होला । त्यसपछि मात्र स्वीकृत भएको वा अस्वीकृत भएको एसएमएस आउने छ । कहिलेकाही विभिन्न निकायमा बुझ्नु पर्ने हुँदा थप समय पनि लाग्न सक्छ ।
    ४. बुकिङ्ग मिति पछाडिको मात्र पाइएको तर आफूलाई जरुरी परेको अवस्थामा जिल्ला तथा इलाका प्रशासन कार्यालयहरुमा अनुरोध गरी अगाडि ल्याउन सकिन्छ वा सकिदैन ?
    बुकिङ्गबाट फाराम भरेका सेवाग्राहीलाई प्राथमिकता दिंदै आफ्नो जनशक्ति र क्षमताले भ्याएमा जरुरी भएको अवस्थामा मात्र सीमित सेवाग्राहीलाई त्यस्तो सेवा दिन सक्छन् ।
    ५. बुकिङ्ग फुल भएर वा अन्य कारणले फाराम भरेर अनलाइनबाट पेश गर्न नै नसकिएमा के गर्ने ?
    सामान्यतया बुकिङ्ग फुल भएको अवस्थामा फाराम पेश गर्न नसकिएको हुन सक्छ । यस्तो भएमा तुरुन्त सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा विभागमा जानकारी गराउनु पर्दछ । कुनै व्यक्ति वा साइबरले अनधिकृत रुपमा बुकिङ्ग होल्ड गरेको पाइएमा जिल्ला प्रशासन कार्यालय वा विभागमा जानकारी गराउनु हुन अनुरोध छ । बुकिङ्ग कार्यालय समयमा मात्र खोलिन्छ ।
    ६. कसैले आफूले भन्दा पछि फारम भरेको तर पालो आफ्नो भन्दा अगाडि आउन सक्छ कि सक्दैन?
    कुनै निवेदकले बुकिङ्ग रद्द गरेको अवस्थामा सो बुकिङ्ग खाली हुने हुँदा अगाडि पालो पनि आउन सक्छ । कहिले काही विभाग वा जिल्ला वा इलाका प्रशासन कार्यालय वा नियोगहरुले आफ्नो क्षमताले भ्याएमा र बुकिङ्ग कम भएको पाइएमा संख्या थप्न सक्छन् । सो अवस्थामा पनि अगाडिको मिति पाउन सकिन्छ ।
    ७.लाइभइनरोलमेन्ट केन्द्र परिवर्तन गरेर एउटा भरेको फाराम हुंदा हुंदै अर्को नयाँ फाराम भर्न मिल्छ कि मिल्दैन ?
    मिल्छ । निश्चित समय पछि फाराम आफै डिलिट हुन्छ । आफूले पहिले भरेको फाराम आवश्यक नपर्ने भएर हटाएमा अरु कसैले सो बुकिङ्ग पाउछ । फारम भरेकै भरमा राहदानी बन्दैन । लाइभ इनरोलमेन्ट केन्दमा गएर रुजु गर्ने, राजस्व तिर्ने, तस्विर खिच्ने, औठा छाप दिने आदि कार्य गर्नुपर्दछ ।
    ८. विद्युतीय र मेशिन रिडेबल राहदानीको दस्तुर के कति छ ?
    विद्युतीय र मेशिन रिडेबल राहदानीहरुको दस्तुर एउटै छ । तर ६६ पृष्ठको साधारण राहदानीको दस्तुर भने फरक छ । विभागमा पहिले १ दिने २ दिने र ३ दिने सेवा भएकोमा हाल संशोधित राहदानी नियमावली अनुसार दुई कार्य दिन भित्र जारी हुने गरी एउटै दु्रत सेवा कायम गरिएको छ । दुई दिनमा लाग्ने गरेको साबिककै १२ हजार दस्तुर तोकिएको छ । जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिंदा ३४ पृष्ठको राहदानीको लागि साविककै पाँच हजार र ६६ पृष्ठको लागि दश हजार राजस्व लाग्छ । विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिंदा बीस हजार राजस्व लाग्छ । विदेशस्थित कुटनीतिक नियोगहरुमा छुट्टै दस्तुर तोकिएको छ । हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक फरक दस्तुर लाग्छ ।
    ९. जिल्लाहरूमा लाइभ इनरोलमेन्ट गरी सकेपछि विद्युतीय राहदानी पाउन कति समय लाग्छ ?
    काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा करिब १ हप्ता भित्र नै राहदानी उपलब्ध हुने छ । काठमाडौं बाहिर महेन्द्र राजमार्ग र आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब ७ दिन देखि १५ दिन भित्र राहदानी उपलब्ध हुनेछ । जिल्ला प्रशासन कार्यालयहरुमा राहदानी प्राप्त भइसकेपछि लिन आउनको लागि मोबाइलमा एसएमएस आउने छ ।
    १०. के राष्ट्रियपरिचयपत्र वा नम्बर आवश्यक पर्छ ?
    १६ बर्ष माथिका र नेपालमा निवेदन दिनेहरुको लागि राष्ट्रियपरिचयपत्र आवश्यक पर्छ । विदेशबाट निवेदन दिने र १६ बर्ष भन्दा कम उमेरका आवेदकहरुको हकमा अनिवार्य छैन । भौतिक कार्ड आउन समय लागे पनि नम्बर तुरुन्त पाउन सकिन्छ र सो नम्बर मात्र भए राहदानी बनाउन सकिन्छ । भौतिक कार्ड नै भएमा अझ सजिलो हुन्छ । नाबालकको हकमा जिल्लामा नाबालक परिचयपत्रको आधिकारिकता पुष्टी गरेको तस्विर सहितको पत्र अनिवार्य आवश्यक पर्छ । यदि नेपालमा नै यन्त्रवबाचक राहदानी बनाएको भए यस्तो पत्र आवश्यक पर्दैन ।
    ११. रिजेक्सन वा निवेदन स्वीकृत नभएको मेसेज आएमा के गर्ने ?
    विभागको हकमा मुख्य प्रतिक्षा हलमा रहेको रिजेक्सन काउन्टरमा (नं २) सम्पर्क गर्नु होला, पुनः लाइन बस्नु पर्दैन । रिजेक्सनको कारण थाहा भएमा तोकेअनुसारको कार्य गरेर पुनः लाइभ इन्रोलमेन्ट गर्नु पर्ने हुनसक्छ । सुरक्षाको कारणले एक पटक पेश भइसकेको फर्म पुनः संशोधन सक्दैन । अतः फर्ममा विबरण भर्दा होशियारीसाथ भर्नु होला ।
    १२. दूर्त सेवाको लागि राष्ट्रिय परिचयपत्रको अलावा आधिकारिकता बुझेको पत्र आवश्यक पर्छ कि पर्दैन ?
    केही सेवाग्राहीहरुको राष्ट्रिय परिचयपत्रको विवरण नभिडेको कारण राहदानी बन्न नसकेको हुनाले जिल्लाबाट नागरिकता वा नाबालक परिचयपत्रको आधिकारिकता खुलेको पत्र साथै लिएर आउन उपयक्त हुन्छ । राष्ट्रिय परिचयपत्र पेश गरे पनि विवरण नभिडेमा विभागले आधिकारिकता खुलेको पत्र माग गर्न सक्नेछ । नाबालक परिचयपत्रको हकमा यो अनिवार्य गरिएको छ ।
    १३. म्याद भएको मेशिन रिडेबल राहदानी भएकाहरुको हकमा के हुन्छ ?
    हालको मेशिन रिडेबल राहदानीको म्याद भएसम्म विद्युतीय राहदानी बनाउनु पर्दैन । त्यसैले काम गर्छ । हराएको, बिग्रेको जस्तो अवस्था बाहेक एक बर्ष भन्दा बढी म्याद भएका राहदानीको सट्टामा नयाँ बनाउन पाइँदैन ।
    १४. साथमा तस्विर र फोटोकपीहरु ल्याउन पर्दछ कि पर्दैन ?
    तस्विर लाइभ इनरोलमेन्ट सेन्टरमा खिचिने हुनाले तस्विर ल्याउनु पर्दैन । साथै तोकिएका कागजातको सक्कल ल्याउनु पर्दछ । फोटोकपीहरु आवश्यक पर्दैन ।
    १५. विद्युतीय राहदानी के हो ?
    हालको राहदानीमा भएका कुराहरुको अतिरिक्त विद्युतीय राहदानी (e-Passport) मा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुन्छन् । यी विवरणहरु राखेर चिप लक गरीसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन । यो हालसम्म संसारमा विभिन्न मुलुकहरुमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ । ICAO PKD मार्फत सुचनाहरु रुजु हुने हुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वत: खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।
    राहदानी नवीकरण भन्दा पनि नयाँ नै बनाउने हो । बनाएर घरमा राख्नको लागि राहदानी बनाउनु पर्दैन । जहिले आवश्यक पऱ्यो त्यही बेला बनाउन सकिन्छ । यो चालकअनुमति पत्र जस्तै नवीकरण गर्न पर्दैन र कुनै थप दस्तुर पनि लाग्दैन । ICAO ले यो मितिदेखि मेशिन रिडेबल राहदानी चल्दैन भनेर हालसम्म भनेको छैन ।
    विद्युतीय राहदानी जारी हुन बाँकी जिल्ला र इलाका प्रशासन कार्यालयहरु
    प्रदेश न. १ – ताप्लेजुङ बाहेक सबै जिल्लामा सेवा पुगेको ।
    मधेश प्रदेश – सबै जिल्लामा सेवा पुगेको ।
    बाग्मती प्रदेश – सबै जिल्लामा सेवा पुगेको ।
    गण्डकी प्रदेश – मनाङ, मुस्ताङ बाहेक सबै जिल्लामा सेवा पुगेको ।
    लुम्बिनी प्रदेश – रुकुम पूर्व बाहेक सबै जिल्लामा सेवा पुगेको ।
    कर्णाली प्रदेश – रुकुम पश्चिम, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला बाहेकका जिल्लामा सेवा पुगेको ।
    सुदूरपश्चिम प्रदेश – बाजुरा, बझाङ, बैतडी, दार्चुला बाहेक सबै जिल्लामा सेवा पुगेको ।
    सम्बन्धित समाचार – ई-पासपोर्टको लागि निवेदन कसरी दिने ?
  • ईपासपोर्ट
  • राहदानी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने

  • सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

  • यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू

  • क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

  • समाचार
  • १

    गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८३ कार्तिक ३, सोमबार

  • २

    सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
    २०८३ कार्तिक २, आईतबार

  • ३

    यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू
    २०८३ कार्तिक १, शनिबार

  • ४

    क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
    २०८३ कार्तिक १, शनिबार

  • ५

    गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ कार्तिक १, शनिबार

  • ६

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    २०८३ आश्विन ३०, शुक्रबार

  • ७

    क्युएफएक्स जलमाको तेस्रो हल आजदेखि सञ्चालनमा
    २०८३ आश्विन ३०, शुक्रबार

  • ८

    यी हुन् पूर्वाधार विकासका लागि पहिलो चरणमा छनोट भएका ८९ विद्यालय
    २०८३ आश्विन ३०, शुक्रबार

  • ९

    देशका केही स्थानमा मध्यम बर्षाको सम्भावना
    २०८३ आश्विन ३०, शुक्रबार

  • १०

    रास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’ को आवेदन
    २०८३ आश्विन २९, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution