• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ३, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
४

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
५

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
६

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
७

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार
८

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
९

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
१०

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
११

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
१२

भरतपुरमा स्कुटर दुर्घटनामा २ युवकको मृत्यु

२०८२ कार्तिक ४, मंगलबार

आज वसन्त पञ्चमी पर्व, माता सरस्वतीको पूजाआराधना गरि मनाइँदै

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ माघ १२, बिहिबार

  • ३०७ पटक पढिएको
  • काठमाडौं, १२ माघ ।  आज माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, माता सरस्वतीको पूजाआराधना गरि मनाइँदै छ । यसवर्ष माघ १२ गते बिहीबारका दिन मीन राशिमा चन्द्रमा शुभयाेगमा रहेकाे समयमा परेकाले शुभ फलदायी तथा सिद्धियाेगका रुपमा हेरिरहेको छ। यस्ता समयमा मांगलिक कार्यहरु गर्दा कार्य सफलताको याेग सुरु गरिएका कार्य सफल हुने मूहुर्त याेगमा उल्लेख गरिएको छ ।

    देवगुरु बृहस्पति ग्रहकाे बार र मीन राशिमा चन्द्रमा बसेकाे अवस्थामा  वसन्त पञ्चमी पर्वकाे संयाेग जुर्नुलाई  अत्याधिक पवित्र दिनका  रुपमा शास्त्रमा ब्याख्या गरिएको छ। विशेषगरी सरस्वती माताको पूजा आराधना तथा साधनासहित वसन्त पाठ श्रवण गर्नुपर्ने नियम रहिआएको छ। काठमाडौंकाे बसन्तपुरमा राष्ट्र प्रमुखले वसन्त पाठ श्रवणगर्नुपर्ने परम्परा पनि रहेकाे छ । वसन्त पञ्चमीमा ज्ञान, वाणी, बुद्धि तथा विवेककी अधिष्ठात्त्री देवीको रुपमा पूजा तथा आरधना गर्ने शास्त्रीय नियम रहिआएको छ ।

    विशेषगरी शुक्लपक्षको पञ्चमी तिथि, पूर्ण तिथि तथा गुप्त नवरात्रको समय चलिरहेकाले विद्या तथा विभिन्न कला साधनाका लागि विशेष फलदायी र पूर्णरुपमा सफल हुने भएकाले आजको दिनलाई विशेष रुपमा व्यख्या गरिएको छ ।
    पहिलोपटक विद्या आरम्भ गर्ने बालबालिकाले आजका दिनदेखि अक्षर शुभारम्भ गरेमा विद्या पूर्ण हुने शास्त्रमा उल्लेख गरिएको छ । नाक, कान छेडेर मुन्द्रा, फुली लगाएमा अटल सौभाग्य रहिरहने र सरस्वतीको पूर्ण कृपा रहने शास्त्रमा व्याख्या गरिएको छ ।

    बुद्ध परम्परामा पनि यस पर्वलाई विशेष महत्वका साथ मनाउने प्रचलन छ । हिन्दू र बौद्ध परम्परामा रही आएको अहिंसाको सिद्धान्तलाई जीवजन्तु, रुखबिरुवा तथा समष्टिगत जगतसहित  मानव जातिलाई नै ज्ञानकारुपमा धार्मिक पर्वहरुले एक-अर्कामा जाेड्नेकाम गरेकाे छ ।

    ज्ञानकारक ग्रह वृहस्पति तथा भगवान विष्णुको अवतारका रुपमा बुद्ध भगवानको पूजा गर्ने शास्त्रीय नियम रहिआएको छ । हाम्रा सबै सनातन पर्व आध्यात्मिक भावनाले ओतप्रोत छन् । व्रत, पर्व र अनुष्ठानहरु, लौकिक र आध्यात्मिक उन्नतिका सशक्त साधन हुन र यिनीहरुबाट आनन्दको उल्लासका साथै उदात्त जीवन जीउने प्रेरणा मिल्दछ । वास्तवमा सम्पूर्ण सृष्टिको उद्भव आनन्दबाट नै हुन्छ । दुःख, भय, शोक, मोह र अखण्ड आनन्दको प्राप्ति नै सबै व्रत–पर्वहरुको परम् लक्ष्य हो ।

    देवी भागवत एवं ब्रह्मवैवर्तपुराणमा वर्णित कथाहरुको आधारमा सबैभन्दा पहिले भगवान् नारायणले वाल्मीकिलाई सरस्वतीको मन्त्र बताएको शास्त्रमा उल्लेख छ ।  त्यसैको जपले गर्दा उनमा कवित्व शक्ति आएकोे थियो भन्ने कथन छ । जुन मन्त्र यस प्रकार छ– श्रीं ह्रीं सरस्वत्यै स्वाहा। यस मन्त्रको चार लाख जप गर्नाले मन्त्र सिद्धि हुन्छ ।

    महर्षि वाल्मीकि, व्यास, वसिष्ठ, विश्वामित्र, शौनक आदि ऋषिहरु वहाँकै साधनाबाट कृतार्थ भए । व्यासजीको सानो व्रतको प्रभावले प्रसन्न भएर सरस्वतीले भन्नुभयो– व्यास, तिमीले मेरो प्रेरणाद्वारा रचिएको वाल्मीकि रामायण पढ । त्यो मेरो शक्तिले गर्दा सम्पूर्ण काव्यहरुको सनातन बीज बनेको छ । त्यसमा श्रीरामको चरित्रको रुपमा म साक्षात् मूर्तिमती भएर रहेकी छु । आफूले चाहेको वर प्राप्त गर्नका लागि विश्वविजय नामक सरस्वती कवचको पनि विशेष व्याख्या गरिएको छ ।

    सरस्वतीको यस अद्भूत विश्वविजय मन्त्र तथा कवचलाई धारण गरेर नै व्यास, ऋष्यशृंग, भरद्वाज, देवल, जैगीषव्य आदि ऋषिहरुले सिद्धि पाएका थिए । यस कवचलाई सर्वप्रथम भगवान् श्रीकृष्णले वृन्दावनमा रासलीलाको समयमा ब्रह्माजीलाई सुनाउनुभएको थियो । त्यसपछि ब्रह्माजीले गन्धमादन पर्वतमा भृगुऋषिलाई उपदेश दिनुभयो । सरस्वतीको उपासना कालीको रुपमा गरेर नै कालिदासले ख्याती पाए । गोस्वामी तुलसीदास भन्नुहुन्छ– पापनाश गर्ने भएकीले गंगा र अज्ञान नाश गर्ने भएकीले सरस्वती दुवै समान रुपमा पवित्रताका कारक हुन् ।

    विद्या र सद्बुद्धि प्रदान गर्ने भएकाले सरस्वतीका उपासकहरु यस दिन विद्या प्राप्तिको उद्देश्य लिएर निष्कपट एवं शुद्ध भावनाले दिव्यता र भव्यताका साथ भगवती सरस्वतीको आराधना गर्दछन् । हरेक कार्यहरु गर्दा भावना अर्थात् विचारको ठूलो महत्त्व हुन्छ । यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी अर्थात् जसले जस्तो भावना लिएर कार्य गर्दछ, फल पनि अवश्य नै तदनुरुप मिल्दछ । त्यसैले हामी सबैले सद्बुद्धि प्राप्त होस् भन्ने भावना लिएर सरस्वती पूजा गर्दा अवश्य राम्रो हुन्छ ।  (लेखक सुरेशचन्द्र रिजाल ज्योतिषी तथा वास्तुविद् हुन् )

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

  • चितवनमा मुटु तथा स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • सुनको मूल्य तोलामा २८०० रुपैँयाले बढ्यो

  • रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

  • समाचार
  • १

    बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ
    २०८२ मंसिर ३, बुधबार

  • २

    चितवनमा मुटु तथा स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २०८२ मंसिर ३, बुधबार

  • ३

    सुनको मूल्य तोलामा २८०० रुपैँयाले बढ्यो
    २०८२ मंसिर ३, बुधबार

  • ४

    रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
    २०८२ मंसिर ३, बुधबार

  • ५

    एनपीएलमा आज काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै
    २०८२ मंसिर ३, बुधबार

  • ६

    गहुँ छर्ने समयमा किसानलाई मल अभाव
    २०८२ मंसिर ३, बुधबार

  • ७

    आज शतबीज छरेर बालाचतुर्दशी पर्व मनाईँदै
    २०८२ मंसिर ३, बुधबार

  • ८

    दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
    २०८२ मंसिर २, मंगलबार

  • ९

    कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य
    २०८२ मंसिर २, मंगलबार

  • १०

    एनपीएल: चितवनले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्दै
    २०८२ मंसिर २, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution