२०८२ जेष्ठ १७, शनिबार
काठमाडौं । नेपालको भुक्तानी संचालक ‘फोन पे’ ले ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियानको घोषणा गरेको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच फोन पेले सो अभियानको घोषणा गरेको हो।अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा सचेत गराउनु रहेको कम्पनीले जनाएको छ ।“मोबाईल नंबर भए पुग्छ” भन्ने ट्यागलाइन मा आधारित यस अभियानले आफ्नो मोबाईलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोवार छिट्टो र सुरक्षित रहने कुरामा विशेष प्राथमिकता दिएको पनि फोन पेले जनाएको छ । यसैगरी अभियानको उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्ने बारे शिक्षित गर्नु रहेको छ । जसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्यूआरजस्ता जस्ता तरिकाहरु रहेका छन् ।
भाद्र महिना भरि चलिरहने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोन पेको फोन पे डिरेक्ट सुविधा प्रयोग गर्नु पर्ने सर्त लागू गरिएको छ । यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई आईफोन १४ प्रोको मेगा उपहारबाट पुरस्कृत गरिने छ । अन्य भाग्यशाली विजेताहरूलाई साप्ताहिक रूपमा अन्य उपहार प्रदान गरिनेछ । फोन पेले सधैँ आफ्ना ग्राहकहरूको कारोवारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको पनि जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे