२०८२ बैशाख १८, बिहिबार
बागलुङ । बाग्लुङका कृषकलाई अहिले आलु भित्र्याउने चटारो छ ।
निसेलढोर र ढोरपाटन क्षेत्रका कृषकले हजारौँ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा आलु खेती गर्दै आएका छन् ।
तर आलुले उचित बजार र मूल्य नपाएको उनीहरूको गुनासो छ । पाँच वर्षअघिसम्म ढुवानीको समस्या खेप्दै आएका कृषक अहिले आलुले मूल्य नपाउँदा चिन्तित छन् । बागलुङ जिल्लालाई पुग्ने आलु यहीँ उत्पादन भए पनि भारतबाट आएको आलुका कारण स्थानीय उत्पादनले बजार पाउन नसकेको हो ।
आयातित आलुका कारण घण्टौँ लगाएर बजारमा पुर्याएको आलुले कम मूल्य पाउँदा मर्कामा पर्ने गरेको स्थानीय कृषक बताउँछन् । स्थानीय सरकारले बाहिरबाट आउने आलुलाई प्रतिबन्ध नलगाएसम्म स्थानीय आलुले बजार नपाउने उनीहरुको भनाइ छ ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका निम्ति आयातित तरकारी रोक्न निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकासँग छलफल गरिरहेको ढोरपाटन नगरपालिकाले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे