• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ३, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
८

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
११

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
१२

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार

“हरिबोधिनी एकादशी” महिमा र जनविश्वास

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० मंसिर ७, बिहिबार

  • ८०५ पटक पढिएको
  • रामजी आचार्य

    हरिबोधिनी एकादशी हिन्दु धर्मावलम्बीले आषाढ शुक्लपक्षको हरिशयनी एकादशी तुलसी रोपण गर्ने र कार्तिक शुक्लपक्षमा पर्ने हरिबोधिनी एकादशीलाई ठूली एकादशी भन्ने चलन छ त्यस दिन तुलसी विवाह गर्ने चलन चलिआएको छ । हिन्दू धर्म मान्ने प्रत्येक व्यक्तिको घरमा मठ बनाएर सम्मानका साथमा संरक्षण र सम्बर्द्धन गरिने वनस्पति तुलसीको धार्मिक महत्त्व त छ‌ंदैछ, अक्सिजन धेरै दिने तुलसीको वैज्ञानिक महत्त्व पनि पाइन्छ।

    आषाढ शुक्लपक्षको हरिशयनी एकादशी आ-आफ्ना घरमा रहेको मठमा तुलसीको बिरुवा रोप्ने र कार्तिकको ठूली एकादशीका दिन उक्त तुलसीको विधिवत् विवाह सम्पन्न गरिदिने चलन पनि छ। यो प्रचलन किन र कहिलेबाट चल्यो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती तथा जन विश्वास रहेको छ । त्यसमध्ये एउटा किंवदन्ती यस्तो रहेको पाइन्छ । तुलसी (पौधा) पूर्व जन्ममा एक स्त्री थिइन जसको नाम वृन्दा थियो । राक्षस कुलमा जन्म भएको भए पनि वृन्दा सानैदेखि भगवान विष्णुको भक्त थिइन तर उनको विवाह राक्षस कुलका दानव राज जलन्धरसँग भयो ।राक्षस जलन्धर समुद्रबाट उत्पन्न भएका थिए । वृन्दा पतिव्रता स्त्री थिइन सधैं पतिको सेवा र सत्कार गर्थिन जब देवता र दानबीच युद्ध भयो त्यस समय जलन्धर पनि युद्धमा जान लागे अनि वृन्दाले भनिन “स्वामी तपाईं युद्धमा जाँदै हुनुन्छ । तपाईं जबसम्म युद्ध रहनु हुन्छ म पूजापाठ गरेर तपाईंको जीतको लागि अनुष्ठान गरिरहने छु । तपाईं युद्धबाट नफर्केसम्म म आफ्नो सङ्कल् र अनुष्ठान गरिरहने छु । जब जलन्धर युद्धमा गयो वृन्दा व्रतको संकल्प लिएर पूजा कोठामा गइन र कठोर व्रत गर्न थालिन व्रतको प्रभावले देवताले पनि जलन्धरलाई हराउन सकेनन् । सबै देवी ,देवता जब हार्ने अवस्था आयो अनि सबै देवता विष्णुको शरणमा गए र प्राथना गर्न थाले ।

    भगवान विष्णुले वृन्दा मेरी परम भक्त हुन मैले उनलाई धोका दिन सक्दिन भनेपछि सारा देवताले कुनै उपाय बताउन आग्रह गरे त्यसपछि भगवान विष्णुले युद्धबाट नफर्केसम्म जीतको लागि प्रार्थना र तपस्या गरेर बसेकी वृन्दाको कठोर अनुष्ठान भङ्ग नगरी वृन्दाको तपस्यको प्रभावले जलन्धरलाई पराजय गर्न नसक्ने ठानेर अनेक उपाय सोच्न थाले आफ्नो पति घर फर्केपछि वृन्दाले तपस्या छाड्ने बुझेका विष्णु भगवाले देवाताहरुको जीतका लागि जलन्धरको रूप धारण गरेर वृन्दाको घरमा तपस्या गरिरहेको ठाउँमा पुगे । वृन्दाले जलन्धरको रुप धारण गरेर आएका विष्णुलाई आफ्नो पति नै फर्केर आएको ठानेर कठोर आरधना छाडेर उनको पाउमा छोइन ।तपस्याबाट उठेकाले वृन्दाको सङ्कल्प टुट्न गयो । त्यसको प्रभावले युद्धमा देवताहरुले जलन्धरको बध गर्न सफल भए । जलन्धरको शीर छेदन गरिदिए । जलन्धरको रुप धारण गरेका विष्णु आफ्नै अगाडि रहेको तर जलन्धरको शीर वृन्दाको महलमा पछारिए पछि वृन्दा आश्चर्यमा परिन । त्यसपछि भगवान विष्णुले आफ्नो वास्तविक रुप धारण गर्नु भयो तर केही बोल्न सक्नु भएन । त्यसपछि वृन्दाले भगवान विष्णुलाई आफूलाई छल गरेको र धोका भएकाले पत्थर भएर बस्न परोस् भनेर श्राप दिइन त्यसपछि विष्णु पत्थर हुन पुगे । त्यो देखेर सबै देवताहरु बीचमा हाहाकार मच्चियो ।त्सपछि देवताहरुको प्रार्थनापछि वृन्दाले आफ्नो श्राप फिर्ता लिइन। तर वृन्दा पतिब्रता भएकाले आफ्नो पतिको शीर लिएर उनी पतिसँगै सति गइन ।त्यहा अस्तुमा एउटा बिरुवा निस्कियो भगवान विष्णुले त्यो विरुवको नाम तुलसी राखिदिए ।र आफू सधै पत्थरका रूपमा रहने कुरा बताए ।त्यसपछि शालिग्राम र तुलसी पूजा गर्न थालिएको भन्ने किंवदन्ती पाइन्छ ।

    विष्णुले देवताको जीतका लागि लिएको कठोर निर्णय र वृन्दाप्रतिको अन्यायको प्रश्चितका रुपमा कुनै पनि शुभ कार्यमा तुलसी प्रयोग अनिवार्य हुनु पर्ने अन्यथा कुनै पनि शुभकार्य सम्पन्न हुन नसक्ने कुरा विष्णुले बताए पछि तुलसीको पूजा हुन थालेको धार्मिक विश्वास रहेको छ । त्यसपछि कार्तिक महिनाको शुक्ल पक्षको एकादशीमा तुलसीको विवाह शालिग्रामका साथ गर्न थालिएको हो भन्ने विश्वास रहि आएक‍ो छ भन्ने जनविश्वास रहेको छ । यसरी स्कन्दपुराणमा वर्णित कथाका अनुसार जालन्धरकी पतिव्रता पत्नी वृन्दाको सतीत्व नै उसको अमरत्वको आधार थियो। सृष्टिको कल्याण गर्ने उद्देश्यले विष्णुले वृन्दाको सतीत्व नष्ट गर्नु परेको थियो। त्यसपछि मात्र जालन्धरको बध गर्न सम्भव भएको थियो।

    विष्णुले रूप बदलेर आफ्ना पतिको भेषमा आफ्नो सतीत्व नष्ट पारेको थाहा पाएपछि वृन्दामा क्रोधको सीमा रहेन र क्रोधको आवेगमा उनले विष्णुलाई श्राप दिईन्। त्यसपछि विष्णु पत्थरमा परिणत भई शालीग्रामका रूपमा अवतीर्ण भए। यसरी वृन्दाले दिएको श्रापबाट मुक्त हुन विष्णुले शालीग्राम स्वरूपमा रहेर तुलसीसँग विवाह गर्नु परेको थियो। त्यसै मान्यता विश्वासको आधारमा हिन्दुधर्माबलम्बिहरुले कार्तिक शुक्ल पक्षको एकादशी तिथिमा भगवान विष्णुको शालीग्राम रूपमा माता तुलसीको विवाह गर्ने प्रचलन चल्दै आएको हो भन्ने मान्यता पाइन्छ ।

    गैँडाकोट -२ नवलपुर

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%३%
    प्रतिक्रिया दिनुहोस
    धर्म/संस्कृति सम्बन्धि थप
  • औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा

  • ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै

  • विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित

  • समाचार
  • १

    औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा
    २०८३ श्रावण ३, आईतबार

  • २

    ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
    २०८३ श्रावण ३, आईतबार

  • ३

    विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै
    २०८३ श्रावण ३, आईतबार

  • ४

    विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित
    २०८३ श्रावण ३, आईतबार

  • ५

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षा हुने
    २०८३ श्रावण ३, आईतबार

  • ६

    काठमाडौं आउने-जाने यात्रुलाई रातिको यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह
    २०८३ श्रावण २, शनिबार

  • ७

    भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो
    २०८३ श्रावण २, शनिबार

  • ८

    मेसी र रोनाल्डोको सम्मानमा १९-१९ थान विशेष संस्करणका फोन उत्पादन
    २०८३ श्रावण २, शनिबार

  • ९

    एनटिभीको स्याटेलाइट ब्याण्डविथ खरिदमा हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
    २०८३ श्रावण २, शनिबार

  • १०

    बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु , तीन जना घाइते
    २०८३ श्रावण २, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution