• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन १, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
२

कावासोतीमा नेटवर्किङ बिजनेश माध्यमबाट ठगी गर्ने ५ जना पक्राउ

२०८२ भाद्र ३, मंगलबार
३

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
४

चितवनमा अनियन्त्रित भई कार रुखमा ठोक्किँदा चालकको मृत्यु

२०८२ भाद्र १४, शनिबार
५

इम्बोस्ड प्लेट नम्बर जडान गर्न कति लाग्छ शुल्क ?

२०८२ भाद्र ४, बुधबार
६

देवचुलीमा अटो दुर्घटना: १ जनाको मृत्यु , ११ घाइते

२०८२ भाद्र १०, मंगलबार
७

गैंडाकोटमा एमाले वडा सभापती गौतमसहित २०० बढी रास्वपा प्रवेश

२०८२ भाद्र १५, आईतबार
८

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, एकको अवस्था गम्भीर

२०८२ भाद्र ८, आईतबार
९

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
१०

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
११

गुल्मीमा छल्दी खोलाले बगाएर एक जनाको मृत्यु

२०८२ भाद्र ६, शुक्रबार
१२

असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

२०८२ भाद्र ४, बुधबार

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमै हराउँछ बिरामीको फाइल

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० माघ ३, बुधबार

  • १३७ पटक पढिएको
  • चितवन। भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आउने बिरामीको नाम दर्ता गरेसँगै कर्मचारीको पहिलो काम हुन्छ, बिरामीको फाइल तयार गर्ने । नाम दर्ता गरेपछि फाइल खोजेर बिरामीलाई परिचयपत्र दिइन्छ । बिरामीका हरेक परीक्षणहरु त्यो फाइलमा थपिँदै जान्छन् । फाइलमा भएको इतिहास (हिस्ट्री) हेरेर चिकित्सकले पटकैपिच्छे थप उपचारका लागि प्रक्रिया अघि बढाउँछन् ।

    यो फाइल बिरामीले लैजान पाउँदैन अस्पतालमै रहन्छ । अर्को पटक आउँदा पहिला दर्ता गरेको परिचयपत्र हेरेर खोजिन्छ तर यही फाइल अस्पतालबाटै गायब हुन्छभन्दा अचम्म लाग्छ । यहाँ आउने बिरामीका लागि सबैभन्दा ठूलो समस्या नै फाइल हराउने हो । क्यान्सरका बिरामीका लागि एक पटक आएर उपचार सम्भव छैन । पटकपटक अस्पताल आउने ती बिरामीको फाइल हराएपछि उपचारमै समस्या हुँदै आएको छ । आउने बिरामीलाई विभिन्न बहानामा दुःख दिएर निजी अस्पताल पठाउने खेल पनि योसँगै जोडिने गरेको पीडितको गुनासो थियो । उपचारका लागि सासू लिएर आउनुभएकी सर्लाहीकी मञ्जु पौडेल अघिल्लो पटक उपचारका पछि छोडिएको फाइल खोज्दै अस्पतालमा भौँतारिदै हुनुहुन्थ्यो । उहाँले गुनासो गर्नुभयो, “एक महिनाअघि उपचार गरेर फाइल यही छोडेर गइयो तर अहिले भेटिएकै छैन । रेकर्ड शाखामा गयो चिकित्सकको कार्यकक्षमा पुगेको छ भन्छन्, तर यहाँ आयो उतै होला भन्छन् ।”

    त्रिहत्तर वर्षीया सासू राधिकाकुमारी सापकोटाको उपचारका लागि अस्पताल आइरहनुपर्ने र यहाँ फाइल नभेटिने समस्या सधैँ हुने गरेको उल्लेख गर्दै मञ्जुले भन्नुभयो, “बिहान ५ बजे टोकन लिएपछि ७ बजे टिकट काटेर बिरामी लिएर आउँदा फाइल नै हराउँछ । कस्तो गैरजिम्मेवारपन हो यो ।” अस्पतालले बिरामीको रेकर्ड फाइल अस्पतालमै सुरक्षित छोड्न भन्दै आए पनि अब फाइल नभेटिए केका आधारमा उपचार सुरु गर्ने ? यस्तो लापरबाहीले त जनताले सास्ती पाउने उहाँले बताउनुभयो । मञ्जु मात्रै होइन कपिलवस्तुबाट उपचारका लागि आउनुभएकी ५८ वर्षीया सानीमाया कुँवर आफ्नो फाइल हराएपछि फोटोकपी गरेर राखेको कागजले उपचार गराइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि आउँदा मेरो फाइल हराएकाले मैले फोटोकपी गरेर राखेको थिएँ, त्यसैका आधारमा उपचार गराइरहेकी छु ।”

    लामो समयदेखि पाठेघरको क्यान्सरको उपचार गराउँदै आउनुभएकी उहाँले फाइल हराउने र समयमा उपचार नपाउने यस अस्पतालको बिशेषता नै भएको बताउनुभयो । सानीमायाले भन्नुभयो, “उपचारका लागि टाढाबाट आउनुपर्छ । यहाँ आउँदा कहिले के भन्छन् कहिले के । हामीले निकै सास्ती पाउने गरेका छौँ ।” अस्पतालका कर्मचारीहरुको रुखो बोलीका कारण झनै समस्या बन्ने गरेको, उपचार राम्रो भए पनि केमो दिनुपर्ने बिरामीले पालो कुर्नुपर्ने, केमो अस्पतालमा नपाएर बाहिरबाट किन्नुपर्नेजस्ता समस्या हुनाका साथै सक्कल रिपोर्ट कार्ड हराउँदा उपचारमा समस्या हुने गरेको उहाँको गुनासो थियो ।

    तनहुँबाट उपचारका लागि अस्पताल आउनुभएकी जमुना न्यौपाने अस्पतालका कर्मचारीको व्यवहारका कारण बिरामीले दुःख पाउने गरेको बताउनुभयो । उपचारका लागि आएको पाँचदेखि सात दिनसम्म रोकिनुपर्ने उहाँको भनाइ थियो । पाँच वर्षदेखि जिब्राको क्यान्सरको उपचार गराउँदै आउनुभएकी जमुना अस्पतालमा छोडिएको फाइल हराउनु, समयमा उपचार नपाउनुजस्ता समस्याले सास्ती व्यहोर्नु परेको गुनासो गर्नुभयो ।

    अस्पतालका उपनिर्देशक डा उमेश नेपालले बिरामीको फाइल हराउने गुनासो आएको स्वीकार्नुभयो । विभागका चिकित्सकहरूकोमा गएको कतिपय फाइल कर्मचारीले रेकर्ड शाखामा नबुझाउँदा समस्या हुने गरेको भन्दै उहाँले पूरै हराउने भन्ने नहुने जिकिर गर्नुभयो । उपनिर्देशक नेपालले आन्तरिक फाइल राख्ने प्रणालीलाई चुस्त बनाउनुपर्ने अवस्था देखिएकाले अब सुधार्ने बताउनुभयो । अस्पतालमा नेपालभरका साथै भारत र बङ्गलादेशबाट समेत क्यान्सरका बिरामी उपचारका लागि आउने गर्दछन् । एसियाको नमूना अस्पतालका रुपमा बनाइएको यस अस्पतालमा पछिल्ला वर्षहरुमा प्रशासनिक प्रणालीमा कमजोरी हुँदै जाँदा बिरामीले समयमा उपचार नपाउने, निजी अस्पताल र क्लिनिकमा जान बाध्य हुनेजस्ता समस्या भोग्नु परिरहेको छ । रासस

  • बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जेनजी आन्दोलनका क्रममा नवलपुरका ५० वटा भवन र ४३ सवारी साधनमा क्षति

  • दुई दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक एकतर्फी खुल्यो

  • जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७३ पुग्यो

  • ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन

  • समाचार
  • १

    जेनजी आन्दोलनका क्रममा नवलपुरका ५० वटा भवन र ४३ सवारी साधनमा क्षति
    २०८२ भाद्र ३१, मंगलबार

  • २

    दुई दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
    २०८२ भाद्र ३१, मंगलबार

  • ३

    जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७३ पुग्यो
    २०८२ भाद्र ३१, मंगलबार

  • ४

    ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन
    २०८२ भाद्र ३१, मंगलबार

  • ५

    दुर्गम कर्णालीमा रोजगारी र उद्योग प्रवर्द्धन
    २०८२ भाद्र ३१, मंगलबार

  • ६

    असोज १ गतेदेखि बिपी राजमार्ग २४ सै घण्टा सञ्चालन हुने
    २०८२ भाद्र ३१, मंगलबार

  • ७

    यी पाँच प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८२ भाद्र ३१, मंगलबार

  • ८

    नेपाल र फ्रान्सपछि फिलिपिन्सका जनता भ्रष्टाचारको विरोधमा सडकमा
    २०८२ भाद्र ३०, सोमबार

  • ९

    पेट्रोलियम पदार्थको मुल्य बढेर आयो, मूल्य पुरानै कायम रहने
    २०८२ भाद्र ३०, सोमबार

  • १०

    असोज १ गते शोक विदा दिने सरकारको निर्णय
    २०८२ भाद्र ३०, सोमबार

  • नवलपुर बिशेष
    १

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    २

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ३

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ४

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ५

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ६

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ८

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution