• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ३, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
४

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
५

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
६

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
७

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार
८

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
९

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
१०

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
११

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
१२

भरतपुरमा स्कुटर दुर्घटनामा २ युवकको मृत्यु

२०८२ कार्तिक ४, मंगलबार

फेसबुकमा भावुक सन्देश लेखेर बेपत्ता रक्तदाता मैनाली कारभित्र मृत भेटिए

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० माघ २९, सोमबार

  • ३७३ पटक पढिएको
  • काठमाडौँ। सामाजिक सञ्जाल फेसबुकमा भावुक सन्देश लेखेर सोमबार सबेरैदेखि बेपत्ता चर्चित रक्तदाता अर्जुन मैनाली मृत अवस्थामा भेटिएका छन्।

    आफ्नो जीवनकालमा २०६ पटकमा १०२ लिटर रक्तदान गरेर विश्वभर चर्चा कमाएका उनले पारिवारिक तनावका कारण आत्मदाह गर्न पुगेका हुन्।

    अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव बन्द अवस्थामा रहेको एउटा भाडाको कारभित्र जलेको अवस्थामा भेटिएको त्यहाँस्थित एकजना प्रवासी नेपाली पुरुषोत्तम ढकालले जानकारी दिएका छन्।

    ‘दुखेको मन र मन जोड्ने र हारेको मान्छेलाई जिन्दगी जिउन र जित्न अभिप्रेरित गर्ने रक्तदाता अर्जुनप्रसाद मैनाली भाडामा लिएको गाडी बन्द गरेर जलेर मरेको अवस्थामा नर्थ क्यारोलिनाको क्वेष्ट पार्कमा मृत फेला परेको खबरले स्तब्ध छु’, ढकालले सोमबार सामाजिक सञ्जालमा भनेका छन्।

    ढकालका अनुसार प्रहरीले मैनालीको शव गाडीभित्र पूरै जलेको अवस्थामा फेला पारेको हो। घरमा पारिवारिक तनाव भएपछि उनी सोमबार भाडाको कार लिएर उक्त पार्कमा पुगेका थिए।

    भाडामा लिएको उक्त कार पनि जलेको छ। प्रहरीले कार बन्द गरेर मैनालीले आफ्नो शरीरमा आगो लगाएको प्रारम्भिक अनुमान गरेको छ।

    मैनालीको शव नर्थ क्यारोलिनास्थित प्रहरीको टोलीले पोस्टमार्टमका लागि लगेको छ। ढकालको निधन भएको पुष्टिसहितको पत्र प्रहरीले परिवारलाई बुझाइसकेको छ।

    आफूलाई समाजसेवीका रुपमा विश्वभर चिनाएका मैनालीले जीवन समाप्त पार्न रोजेको यो कदमबाट नेपालसहित प्रवासमा रहेका नेपाली समुदाय स्तब्ध भएको ढकालले बताए।

    मैनाली बेपत्ता भएपछि उनको अमेरिकास्थित घरमा आफन्तको रूवाबासी चलेको थियो। मैनाली रक्तदाताका रूपमा विश्वभर चर्चित थिए।

    उनले नेपालदेखि कयौं अफ्रिकी मुलुकमा समेत पुगेर रगतदान गरेका थिए। उनले नेपाल, भारत, क्यानडा, बेलायत,घाना, मकाउ, बर्मुडा, आयरल्याण्ड, अष्ट्रेलिया, , इक्वेडर, हाइटी, युगाण्डा, थाइल्यान्ड,इथिओपिया, मलावी, रुवान्डा, केन्या, अर्जेन्टिना र मेक्सिको पुगेरसमेत रक्तदान गरेका थिए।

    उनी सन् २००० मा अमेरिकन एशोसिएसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनमा भाग लिन अमेरिका पुगेका थिए। त्यसपछि उनी अमेरिकमै बस्दै आएका थिए।

    उनलाई अमेरिकन रेडक्रसले उनलाई सन् २००९ मा ‘द गुड नेइबर’ सम्मान दिएको थियो। उनले अमेरिकामा विभिन्न तीन सामाजिक संस्था स्थापना गरेर रक्तदान अभियानलाई अघि बढाइरहेका थिए। पछिल्लो समयसम्म उनी यी  संस्थामा निरन्तर क्रियाशील थिए।

    मैनालीले यसअघि फेसबुकमा लामो स्टाटस लेख्दै पारिवारिक तनावका कारण आत्महत्या गर्न लागेको बताएका थिए। पहिले उनी न्यूयोर्कमा बस्थे। त्यसपछि नर्थ क्यारोलिनामा सरेका थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। नेपालखबरबाट

  • रक्तदाता अर्जुन मैनाली
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

  • चितवनमा मुटु तथा स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • सुनको मूल्य तोलामा २८०० रुपैँयाले बढ्यो

  • रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

  • समाचार
  • १

    बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ
    २०८२ मंसिर ३, बुधबार

  • २

    चितवनमा मुटु तथा स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २०८२ मंसिर ३, बुधबार

  • ३

    सुनको मूल्य तोलामा २८०० रुपैँयाले बढ्यो
    २०८२ मंसिर ३, बुधबार

  • ४

    रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
    २०८२ मंसिर ३, बुधबार

  • ५

    एनपीएलमा आज काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै
    २०८२ मंसिर ३, बुधबार

  • ६

    गहुँ छर्ने समयमा किसानलाई मल अभाव
    २०८२ मंसिर ३, बुधबार

  • ७

    आज शतबीज छरेर बालाचतुर्दशी पर्व मनाईँदै
    २०८२ मंसिर ३, बुधबार

  • ८

    दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
    २०८२ मंसिर २, मंगलबार

  • ९

    कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य
    २०८२ मंसिर २, मंगलबार

  • १०

    एनपीएल: चितवनले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्दै
    २०८२ मंसिर २, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution