• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ १, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

हावाहुरीले ढलेको रूखले च्यापिएर पूर्वक्याम्पस प्रमुखको मृत्यु

२०८२ जेष्ठ २, शुक्रबार
२

नवलपुरमा रड प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार
३

गैँडाकोटमा रेबिजका कारण एक पुरुषको मृत्यु

२०८२ जेष्ठ १४, बुधबार
४

चितवनमा खुर्पा प्रहार गरी छोरी र भतिजको हत्या

२०८२ जेष्ठ २, शुक्रबार
५

दोहोरो पैसा लिएको पुष्टि भएपछि चितवनको मनकामना अस्पतालमा बीमा कार्यक्रम रोकियो

२०८२ जेष्ठ ५, सोमबार
६

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
७

नवलपुरको गैंडाकोटमा बस र माइक्रो ठक्करखाँदा ९ जना घाइते

२०८२ जेष्ठ ६, मंगलबार
८

पतन्जलीले रोक्यो नवलपुरको २७ बिघामा बन्दै गरेको संरचना निर्माणको काम

२०८२ जेष्ठ ३१, शनिबार
९

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार
१०

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्य, पाँच घाइते

२०८२ जेष्ठ १९, सोमबार
११

कावासोती नगरपालिकाले वितरण गरेको अनुदानको धानको बिउ उम्रिएन  

२०८२ जेष्ठ २८, बुधबार
१२

दुई साँढे बीचको जुधाइमा परेर स्कुटर चालकको मृत्यु

२०८२ जेष्ठ १२, सोमबार

भैरहवाको तापक्रम ४३ डिग्री नाघ्यो, जनजीवन प्रभावित

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ बैशाख १७, सोमबार (१ साल अघि)

  • १८५ पटक पढिएको
  • भैरहवा, १७ बैशाख । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। भैरहवामा तापक्रम बढ्दै जान थालेपछि जनजीवन कष्टकर बन्दै गएको हो।

    वायुमण्डलीय तापक्रममा वृद्धिसँगै निरन्तर तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या भएको छ। अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाजका प्रभावित भएको छ भने सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या भएकोले दैनिक कार्यमा प्रभावित बनेको छ।

    जल तथा मौसम विज्ञान कार्यालय भैरहवाका अनुसार गत आइतबार भैरहवाको अधिकतम तापक्रम ४३ दशमलव ६ मापन गरिएकोमा यो रकेर्ड यस वर्षको अहिलेसम्मकै उच्च रहेको कार्यालय प्रमुख वरुण पौडेलले बताए। भैरहवाको हालसम्मकै उच्च तापक्रम भने सन १९९५ मे ३ मा ४५ दशमलव २ पुगेको थियो।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको तथ्याङ अनुसार पछिल्लो एक साताबाट भैरहवाको तापक्रम नेपालकै उच्च रहेको छ।

    विभागको तथ्याङक अनुसार आइतबार साझ ५  बजेर ४५ मिनेटसम्म भैरहवाको अधिकतम तापक्रम ४२ दशमलव २ मापन गरिएको छ। जनकपुरको ४१ दशमलव ४, सिमराको  ४० दशमलव ३ र विराटनगरकोे ४० दशमलव २ मापन गरिएको छ।

    एक सातादेखि ४० डिग्रीकै सरदरमा तापक्रम रहेकोले स्थानीयको जनजीवन नै अस्तव्यस्त बनेको छ। बिहान सबेरैबाट सुरु हुने गर्मीले गर्दा खास गरी दैनिक ज्याला मजदुरी र खेती किसानी गर्नेहरू मारमा परेका छन्। गर्मीका कारण लु लाग्ने र बाटोमा मानिस बेहोस हुने जस्ता समस्यासमेत उत्पन्न भएको छ। अति आवश्यक काम बाहेकका बेलामा भने मानिसहरू घर बाहिर निस्कन छाडकोले संख्या पातलिएको छ।

    गर्मीको राहतका लागि विधुत एउटा सहारा भए पनि बेलाबेलामा जाने गरेको छ। भएको विद्युतमा पनि लो बोल्टेज र ट्रिपिङको समस्या छ।  गर्मी बढेसँगै अस्पतालमा विरामीहरूको संख्या पनि बढेको छ। अस्पतालका अनुसार अहिले बढेको गर्मीका कारण बिरामीको संख्यासरदर भन्दा दोब्बर भएको छ। भाइरल ज्वरो, झाडापखाला, रुघाखोकी, पिसाब संक्रमण, जलवियोजन लगायतका बिरामीको संख्या बढ्दै गएको छ।

    भैरहवाको भीम अस्पताल, मेडिकल कलेज, सिटी हस्पिटल र अन्य निजी अस्पतालमा पनि विरामीको चाप बढेकोले चिकित्सकलाई भ्याइ नभ्याइ छ। भीम अस्पतालका आकस्मिक कक्ष केही दिनयता बढेको गर्मीका कारण विरामीको संख्या पनि बढ्दै गएको छ।

    गर्मीका कारण शरीरमा घमौरसहित अन्य समस्या आउने भएकोले सकेसम्म घरबाहिर निस्कन नहुने स्वास्थय कार्यालय रुपन्देहीको सुझाव छ। निस्किहाल्नुपरेमा पातलो कपडा सरीर छोपिने गरी लगाउने र सक्दो पानी पिउने बाहिरी खुला रूपमा राखेका खाना नखाने, खादा र ताजा खाना खाने गर्मीले लु लाग्ने भएर मान्छे मुर्छित भएर उच्च रक्तचाप बढ्ने र मस्तिष्कघात, हृदयघात, पक्षाघातलगायतका रोग लाग्ने भएकोले सतर्कता अपनाउन स्वास्थय कार्यालयले अनुरोध गरेको छ।

    ठाउँठाउँमा आगलागी भइरहेका छन्। आगलागीले करोडौंको धनमाल नष्ट भएका छन्। गर्मी बढ्दै जाँदा बाटो सुनसान हुँदै गएका छन्। तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न पनि अनुरोध गरेको छ।

    तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन अनुरोध गरिएको छ।

    गर्मी बढेसँगै बजारमा भएको मानिसहरुको चहलपहलको कमीका कारण व्यापार व्यवसायमासमेत कमी आएको छ। सधै जसो भिडभाड हुने ठाँउ भैरहवाको गल्लामण्डी, बैक रोड, आवारोड, मैत्री पथमा चहलपहल निकै कम छ। गर्मी बढ्दा चिसो पेयपदार्थ र फलफूल जुसको भने व्यापार बढेको छ। स्थानीय बासिन्दाको भनाइ अनुसार विगतको वर्षभन्दा यस वर्ष बढी गर्मी भएको हो। गर्मीले मानिसमात्र हैनन्, पशुपंक्षी समेत प्रभावित भएका छन्।

  • अत्यधिक गर्मी
  • जल तथा मौसम विज्ञान विभाग
  • मौसम पूर्वानुमान महाशाखा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • संघीय निजामती सेवा सम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

  • केदारनाथ हेलिकप्टर दुर्घटनामा चालकसहित ७ यात्रुको मृत्यु

  • बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु

  • पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते

  • समाचार
  • १

    संघीय निजामती सेवा सम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस
    २०८२ अषाढ १, आईतबार

  • २

    केदारनाथ हेलिकप्टर दुर्घटनामा चालकसहित ७ यात्रुको मृत्यु
    २०८२ अषाढ १, आईतबार

  • ३

    बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु
    २०८२ अषाढ १, आईतबार

  • ४

    पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते
    २०८२ अषाढ १, आईतबार

  • ५

    गण्डकी लगायतका पाँच प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षा
    २०८२ अषाढ १, आईतबार

  • ६

    नेपालबाट आजदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु
    २०८२ अषाढ १, आईतबार

  • ७

    निर्माणाधीन बेलिब्रिज भाँचिदा ६ कामदार घाइते, चारको अवस्था गम्भीर
    २०८२ अषाढ १, आईतबार

  • ८

    कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी
    २०८२ जेष्ठ ३१, शनिबार

  • ९

    त्रिविका आंशिक प्राध्यापकले उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा लगाए ताला
    २०८२ जेष्ठ ३१, शनिबार

  • १०

    चितवनमा पहिलोपटक टेडएक्स इभेन्ट : सात जना वक्तासहित एक सय जनाको सहभागिता
    २०८२ जेष्ठ ३१, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution