• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ३, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
८

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
११

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
१२

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार

शिक्षा तथा शिक्षकमा समयसापेक्ष परिवर्तन र विकास अनिवार्य

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ भाद्र १०, सोमबार

  • ४५२ पटक पढिएको
  • सत्य राम कासिछ्वा,
    शिक्षा मानव विकासको प्रमुख आधार हो ।चरित्रवान् तथा नैतिकवान स्वरोजगार, सबल र सक्षम जनशक्ति, सीपमूलक र व्यावसायिक तथा मानव अधिकारको सही उपयोग गर्ने शिक्षाको विकासमा हरेक सरकारले विशेष जोड दिएको हुन्छ । शिक्षाले नै वस्तु तथा सेवाको उत्पादन र सम्भावनाको बाटो खोल्ने भएकोले शिक्षाको विकास अनिवार्य मानिन्छ । समय र प्रविधिको विकास अनुसार शिक्षालाई व्यवहारिक र जीवनोपयोगी बनाउन राज्य सत्ताले लगानी गरी विशेष ध्यान दिनु अनिवार्य छ । गुणस्तरीय शिक्षाको विकासका लागि शिक्षाविद् तथा शिक्षक संगठनले कूल बजेटको ३० % सम्म रकम छुट्याउन माग र तर्क गरिरहेका छन् ।
    हरेक वर्ष शिक्षामा विनियोजन गरेको कूल रकमको ९०% शिक्षकको तलब तथा सेवा सुविधामा खर्च गरे तापनि शैक्षिक उपलब्धिको स्तर झन्झन् खस्किएको छ । यस्तो हुनुको मुख्य कारणको रूपमा ग्रामीण क्षेत्रका शिक्षकहरूले विद्यालय संचालन तथा व्यवस्थापनको लागि न्यून खर्च दिनु, उपयुक्त कक्षाकोठा, पुस्तकालय तथा शाैचालय र खेलमैदानको अभावलाई लिएकाे पाईन्छ । शहरी क्षेत्रमा आवश्यकता अनुसार खेलमैदान नहुँदा भएको विद्यार्थीले समेत मेहनत नगर्नाले विद्यार्थीहरूको सिकाई प्रभावित भएको भन्ने शिक्षकहरू पनि रहेका छन् ।
    संघीयता सहितको गणतान्त्रिक व्यवस्थामा समेत शिक्षाक्षेत्रका स्वार्थ समूह र संगठनकाे कारण आजको शिक्षा नीति पनि २०२८ सालको वरिपरि घुमिरहेको छ । शिक्षालाई समयसापेक्ष बनाएर उत्पादनशील, व्यावसायिक र सीपमूलक बनाउने भन्दा पनि जुनसुकै क्षेत्र वा विषय अध्ययन गरेकालाई पनि शिक्षकको रूपमा नियुक्ति वा परिचालन गर्ने परिपाटी आज पनि यथावत् रहेको छ ।
    शिक्षाक्षेत्रलाई द्वापर युगको द्राैपदी झैं बनाई शिक्षाशास्त्रको महत्त्व, आवश्यकतामथि भ्रष्टाचार गरेर अवमूल्यन गरिरहँदा नि पत्रकार तथा वकिलले भण्डाफोर तथा वकालत नगर्नु भनेको देश र आफ्नो  योग्यतामाथि विश्वासघात गर्नु हो । यस विषयमा शिक्षाविद् तथा शिक्षक महासंघ लगायत अन्य विभिन्न नामधारी शिक्षक संगठन माैन रहेर समर्थन गर्नु एक प्रकारको राष्ट्रघात नै हो ।
    शिक्षकले आफ्नो अनुकूल सेवा सुविधा सहज रूपमा पाउन राजनीतिक दलको झण्डा बोक्ने प्रवृत्ति बढ्दो छ । विद्यार्थीहरूले प्रभावकारी सिकाई के कसरी गर्न सकिएला भनेर विचार मन्थन गर्दै शिक्षणको लागि आवश्यक स्रोत सामाग्री जुटाउन अग्रसर भएमा वा समय खर्चेमा शिक्षकलाई राजनीति गर्ने अवसर नै प्राप्त हुँदैन ।
    नेपालमा विसं २०१३ भदौ २४ गते नै कलेज अफ एजुकेसन स्थापना भई घुम्ती शिक्षक तालिमको सुरुवात भएको हो । यहीँ सिलसिलामा विज्ञान, गणित तथा अंग्रेजी विषयको शिक्षक दुर्गम क्षेत्रमा नपाउने अवस्थामा त्रिभुवन विश्वविद्यालयले धेरै समयपछि जुनसुकै विषय वा क्षेत्रको लागि शिक्षक बन्न सकिने गरी एकवर्षे विएडको कक्षा संचालन गरिएको थियो । तर आज त्यसैको दुरुपयोग गरेर जोकोहीले लाइसेन्स र नियुक्ति पाउँदा समेत सुगम वा घरपायक क्षेत्रमा सरुवा हुन खोज्ने प्रवृत्ति बढ्दा शिक्षाको माध्यमबाट कसरी देशको विकास र समृद्धि होलान् ? व्यक्तिगत स्वार्थ पुरा भई वैयक्तिक समृद्धि भएमा देश आफैं विकास हुने मनसाय भएका पनि व्यक्ति शिक्षक हुने व्यवस्था रहेसम्म देशले कुनैपनि क्षेत्रमा परिवर्तन गर्न सक्दैनन् ।
    आज दुर्गम क्षेत्रको लागि व्यवस्था गरिएको एकवर्षे विएड गरी लाइसेन्स र नियुक्ति पाएका शिक्षकहरू सुलभ र सहज ठाउँमा सरुवा हुने प्रक्रियाले गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक आवश्यकताको दर्जनौंपटक विज्ञापन दिँदासमेत अभाव हुन गएको हो । यस्तो अवस्थामा समेत शिक्षक महासंघ लगायत अन्य राजनीति दलका शिक्षक संगठनका पदाधिकारीहरू आफ्नो आसेपासे र कार्यकर्ता तथा आफन्तलाई देशको सेवा भन्दा पनि स्वार्थ पुरा गर्न केन्द्रित देखिन्छ ।
    विभिन्न देशको सरकारी तथा गैरसरकारी संस्थाले उपलब्ध गराउने आर्थिक सहयोग तथा ऋण अनुदानको आधारमा विभिन्न किसिमका शिक्षक नियुक्ति गरिँदा आज विद्यालयमा १७ थरीका शिक्षकहरू भएको हो । यसमा शिक्षाशास्त्रको उत्पादन बाहेक राजनीतिक दलको शिक्षक संगठनका पदाधिकारी नजिकका आसेपासे, कार्यकर्ता तथा आफन्त नियुक्ति भएका छन् । जसको आजसम्म खोजनीति सरकारले गर्न सकिरहेको छैन । बरु आज तिनीहरूलाई समेत दरबन्दी कायम र मिलान गर्नुपर्ने माग उठाई रहेको छ । सरकारले तिनीहरूको मागलाई सम्बोधन गर्नु भन्दा पनि विशुद्ध शिक्षाशास्त्रका उत्पादनलाई शिक्षकको रूपमा दरबन्दीमा रूपान्तरण गरेर शिक्षालाई व्यवहारिक र जीवनोपयोगी बनाउने नीति कार्यान्वयन गर्नुपर्छ ।
    विद्यालय संचालनमा प्रशासन लगायत अन्य व्यवस्थापनमा अति महत्त्वपूर्ण भूमिका निभाउने विभिन्न किसिमका कर्मचारीलाई आवश्यक परीक्षा सहित दरबन्दी सरह सेवासुविधा दिनु आजको आवश्यकता हो ।
    विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक वृत्ति विकासमा सहयोगी कार्यकर्ता भई ईसीडी, बालविकास, मन्टेश्वरी तहमा शिक्षण गर्ने शिक्षकहरूको तलब अन्य तहको भन्दा बढी हुनुपर्छ ।
    सरकारले निःशुल्क शिक्षाको नाउँमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि उपलब्ध गराएको विद्यार्थीको दिवाखाजा स्वरुप प्रति दिन रू. १५ आजको महंगीको समयमा निक्कै अपुग छ नै । केही स्थानीय पालिकाले उक्त दिवा खाजामा केही रकम थपेर विद्यार्थीको दिवा खाजालाई सहज बनाई दिएको छ । तैपनि यसको कारण कक्षा १ मा भर्ना भएको विद्यार्थी कक्षा १० सम्म पुग्न सकिरहेको छैन । कतिपय विद्यार्थीहरूको घरमा मिठो खानेकुरा खान नपाउँदा सरकारले उपलब्ध गराएको दिवाखाजामा रमाएर विद्यालय जाने गरेको समेत देखिन्छ ।
    शिक्षालाई संविधानमा माैलिक हकको रूपमा राख्दै निःशुल्क र अनिवार्य गरेको छ । यस्तो  अवस्थामा निजी विद्यालयले नाफाको रूपमा शिक्षालाई प्रयोग गर्नु भनेको संविधानको अपमान नै हो । संविधान नमान्नु नै हो । कि त नाफाको लागि संचालन गर्ने निजी विद्यालयले वस्तु तथा सेवाको उत्पादनलाई विशेष प्राथमिकता दिनुपर्छ, अंग्रेजी शिक्षाको नाउँमा रूपान्तरित शिक्षा दिनु अपराध नै हो ।
    शिक्षक समयसापेक्ष रूपमा परिवर्तन भइरहनु आवश्यक छ । एक पटक परीक्षा उत्तीर्ण गर्दैमा ऊ आजीवन वा सधैं योग्य र सक्षम हुन्छ भन्नु मुर्खता नै हो । विश्वमा बदलिरहने सूचना प्रविधि सञ्चारले आजको समयमा नयाँ पुस्ता अगाडि बढेको हुन्छ । यसलाई रोक्नु भनेको अपराध हो । सिकाई प्रभावकारी, गुणस्तरीय बनाउन तथा बढुवा र ग्रेडवृद्धि चाहने शिक्षकहरूले समयसमयमा परीक्षा दिई रहनुपर्छ ।
    लामो समयसम्म एउटै तहमा अध्यापन गर्नुपर्ने व्यवस्था हटाउन हरेक ३ वर्षको परीक्षा लगातार ३ पटक उत्तीर्ण भएमा तीन ग्रेड वृद्धि सहित अनिवार्य बढुवा हुने र परीक्षा उत्तीर्ण नभए विदा हुनुपर्ने र फेरि परीक्षा दिई उत्तीर्ण हुन पाउने व्यवस्था गरिनुपर्छ । त्यसमा पनि लगातार ३ पटक उत्तीर्ण भएमा ३ ग्रेडवृद्धि सहित अनिवार्य बढुवा गरिनुपर्छ । बढुवा भए तापनि प्रत्येक पटक परीक्षा उत्तीर्ण भएमा १ ग्रेड वृद्धि पाउने नभए विदा दिनुपर्ने प्रावधान हुनुपर्छ ।
    जसले गर्दा विद्यार्थीको सिकाईलाई प्रभावकारी र गुणस्तरीय बनाउन शिक्षक स्वयं अध्ययनशील हुन्छ भन्ने सामाजिक मान्यता कायम भइ शिक्षकको मर्यादा अरूको भन्दा माथि नै रहन्छ र हुनुपर्छ पनि ।
    यसर्थ संघीयता सहितको गणतान्त्रिक देशमा हरेक पक्षमा भएको कमीकमजोरी हटाई शिक्षामा समयसापेक्ष परिवर्तन र विकास अनिवार्यताको लागि सबैले आआफ्नो तहबाट प्रयास पहल गरिनुपर्छ ।
    हाल: सूर्यमढी -९, भक्तपुर 
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा

  • ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै

  • विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित

  • समाचार
  • १

    औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा
    २०८३ श्रावण ३, आईतबार

  • २

    ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
    २०८३ श्रावण ३, आईतबार

  • ३

    विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै
    २०८३ श्रावण ३, आईतबार

  • ४

    विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित
    २०८३ श्रावण ३, आईतबार

  • ५

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षा हुने
    २०८३ श्रावण ३, आईतबार

  • ६

    काठमाडौं आउने-जाने यात्रुलाई रातिको यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह
    २०८३ श्रावण २, शनिबार

  • ७

    भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो
    २०८३ श्रावण २, शनिबार

  • ८

    मेसी र रोनाल्डोको सम्मानमा १९-१९ थान विशेष संस्करणका फोन उत्पादन
    २०८३ श्रावण २, शनिबार

  • ९

    एनटिभीको स्याटेलाइट ब्याण्डविथ खरिदमा हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
    २०८३ श्रावण २, शनिबार

  • १०

    बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु , तीन जना घाइते
    २०८३ श्रावण २, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution