• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ३, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
८

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
११

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
१२

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार

चितवन औद्योगिक हवको रुपमा विकास हुँदै

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ भाद्र २४, सोमबार

  • ३४० पटक पढिएको
  • – राजु भट्ट,

    चितवनलाई ७७ जिल्लाको शहर भनिन्छ । यहाँ नेपालका सवै जिल्लाका बासिन्दा कुनै न कुनै रुपमा उद्योग, व्यापार व्यवसाय तथा अन्य सेवामूलक काममा जोडिएका छन । देशकै मध्यभागमा अवस्थित भएर पनि हुनसक्छ– चितवनलाई संभावनाको शहरका रुपमा पनि व्याख्या गरिन्छ । चितवनमा पछिल्लो समय भैरहेको औद्योगिक विकास र व्यवसायको प्रवद्र्धनले यो जिल्ला संभावनायुक्त शहरका रुपमा पनि उत्तिकै लोकप्रिय बन्दैछ ।

    राजनैतिक केन्द्रको रुपमा चितवनले पहिलेदेखि नै आफूलाई चिनाउँदै आएको छ । उद्योग व्यवसायको बढ्दो आकर्षण चितवनको अर्को पहिचान हो । संघीय राजधानी काठमाण्डौंबाट अत्यन्त नजिकमा रहेको चितवनले देशकै ध्यान आकर्षित गर्न सक्नुका पछि धेरै कारण रहेका छन । ती कारणमध्ये चितवन प्राकृतिक रुपमा मात्रै सम्मृद्ध छैन, चितवनलाई सम्मृद्ध बनाउने गरि पछिल्लो समय भैरहेको औद्योगिक विकास र व्यवसायजन्य गतिविधि अर्को कारण पनि हो भन्दा अत्युक्ति हुँदैन ।

    चितवनसंग भूगोलले पनि जोडिएको क्षेत्रले नेपाली संस्कृति, परम्परा र संस्कारको पनि प्रतिनिधित्व गरेका छन । अर्थात देवघाट धाम नेपालको मात्र नभै भारतका हिन्दु धर्मावलम्वीहरुका लागि पनि आकर्षणको केन्द्र बनेको छ । देवघाट पुग्न चितवनको स्पर्श गर्नैपर्दछ तसर्थ यो क्षेत्रमा भोलीका दिनमा समेत नेपालको धार्मिक केन्द्र बन्ने आधार तयार बनेका छन । त्यसका अतिरिक्त सौराहा, पटिहानी, गोलाघाट, मेघौली, सिराईचुली, चौकीडाँडा, माडीको सोमेश्वर गढी लगायतका दर्जनौ ऐतिहासिक स्थलहरुले चितवनलाई चितवन हुनुको गर्बिलो पहिचान दिएका छन । त्यसैले चितवन आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु भएकोले पर्यटनमूलक उद्योगहरु पनि प्रशस्त संख्यामा स्थापना भएका छन् । यो चितवनको गौरव हो ।
    चितवनको पर्यटन पूर्वाधार क्षेत्रको विकासमा अहिलेसम्म भएका ढिलाई र कमजोरीहरूमा सुधार गर्ने हो भने चितवनमा बार्षिक १० लाख बढी पर्यटक भित्राउन सकिने संभावना छ । तसर्थ चितवनका पर्यटकीय क्षेत्रहरुको संभावनाको अध्ययन गरि पर्यटन क्षेत्रको प्रवद्र्धन र पहिचानमा सुधार गर्न सकिए चितवनले समग्र पर्यटनमा देशकै प्रतिनिधित्व गर्न सक्दछ ।
    चितवनलाई औद्योगिक केन्द्रको रूपमा विकास गर्न स्थापना भएका सम्बद्ध संघ संस्थाहरूले गरिरहेको योगदानलाई कहिल्यै विर्सन सकिदैन । उद्योग, व्यवसायहरुको प्रतिनिधित्व गर्ने संस्थाहरुको योगदानबाट औद्योगिक प्रवद्र्धनमा प्रशस्त संभावनाको विकास हुँदै गयो । यसरी सञ्चालन भएका संस्थाहरुले उद्योग गर्न चाहनेहरुका लागि जागरण सिर्जना ग¥यो । बामे सर्दै गरेको चितवनको कछुवा गतिको औद्योगिक अवस्थालाई रफ्तारमा अघि बढाउने काम ग¥यो । काम गर्न चाहनेहरुका लागि मार्गदर्शक बन्दै गएको पाईन्छ ।
    चितवनमा ठूला र राष्ट्रिय उद्योग मात्र छैनन, साना लघु तथा घरेलु उद्योगको स्थापनाले चितवनको पहिचान बढाएको छ । चितवनलाई औद्योगिक जिल्लाको रुपमा समेत चिनाउन सहयोग पुगेको छ । चितवनका लागि अर्को गर्बिलो इतिहास छ– चितवन पोल्ट्री व्यवसायमा नेपालकै पहिलो जिल्लाको पहिचान बनाएको छ । चितवनबाट उत्पादन हुने अण्डाले राष्ट्रिय बजारमा आफ्नो प्रभाव र पकड जमाउन सफल भएको छ । पोल्ट्रीमा नेपाललाई आत्मनिर्भर बनाउन चितवनको ठूलो सहयोग छ ।
    चितवनमा कृषि उत्पादनको पकेट क्षेत्रका रुपमा समेत विकास तथा विस्तार हुँदै गएको छ । चितवनको उत्पादन काठमाण्डौंसम्म पुग्दै आएको छ । खासगरी चितवनको धान, आलु, तोरी र गहुँको उत्पादन देशका अधिकांश जिल्लासम्म पुग्दै आएको छ । चितवन कृषिमा आत्मनिर्भर छ । चितवनको आफ्नै उत्पादनले जिल्लालाई खाद्यान्नमा आत्मनिर्भर बनाएको मात्र छैन, छिमेकी र अरु जिल्लालाई समेत खाद्यान्न सहयोग गर्दै आएको छ ।
    विश्व बैंकको पछिल्लो प्रतिवेदन अनुसार पर्याप्त र गुणस्तरीय पूर्वाधारको अभावमा नेपालले बितेका एक दशकमा कुल सम्भावित राष्ट्रिय आयको ८ देखि १२ प्रतिशत हिस्सा गुमाइरहेको छ । बर्षेनी पुँजीगत खर्च कम हुँदै र चालू खर्च बढ्दै गएको छ । यसबाट सरकारप्रतिको नागरिक अपेक्षा र जनभावनामाथि पनि तुषारापात भइरहेको छ । पुँजीगत खर्चको गिर्दो अवस्थाको तथ्यांक र यसो हुनुका कारणहरू वर्षौंदेखि जगजाहेर भइरहँदा समेत सुधारका ठोस पहल हुनसकेका छैनन् ।
    कुरा नेपालकोः चितवनको कुरा गरिरहँदा देशको र समग्र नेपालको अवस्थाको चित्रण नगर्ने हो भने त्यो अपुरो हुन्छ । देशलाई नियालीरहँदा देशको अर्थतन्त्रले नकारात्मक प्रभाव भोगिरहेको छ । राज्यका तीन तहका कुनैपनि सरकारले पुँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन सकेनन् । यो सर्वाधिक चिन्ताको कुरा हो । पुँजीगत खर्च नबढ्दा समग्र आर्थिक गतिविधि शिथील हुन्छ । यो विश्वव्यापी मान्यता हो । अर्कोतर्फ व्यापार घाटा नेपालका लागि समस्या बनिरहेको छ ।

    भारत, चीन र अन्य तेस्रो मुलुकहरुमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्ररुपमा व्यापारघाटा बढेको छ । यद्यपि नेपालले पछिल्लोसमय आयातमा भारी रोकावट गरेपछि व्यापार घाटामा सुधार आउने अपेक्षा गरिएको छ । तर यो कति समय हो भन्ने कुरा महत्वपूर्ण छ । नेपालबाट चीनतर्फ निर्यात हुँदै आएको प्रशोधित छाला, रुद्राक्ष, घरेलु उद्योगका सामानलगायतका वस्तुहरु अहिले विगतमा जसरी पठाउन सकिएको छैन । तर चीनबाट आउने सामानहरु तयारी पोशाक, जुत्ता–चप्पल, यातायातका पार्टपूर्जा र रासायनिक मललगायतको आयात भारतको मार्ग हुँदै भए पनि बढेको छ । जसले गर्दा चीनसँग व्यापारघाटा बढेको हो ।

    विगतदेखिकै कुरा गर्ने हो भने, गत आर्थिक वर्षसम्ममा प्रत्येक नेपालीको थाप्लोमा २२ हजार १ सय ५९ रुपियाँ ऋण थियो । अहिले यो अनुपात पनि बढेर यस वर्ष २३ हजार ९ सय ६२ रुपियाँ पुगेको छ । नेपालमा हरेकजसो क्षेत्रले बाहिरी देशकै भर पर्नुपर्ने बाध्यता छ । यहाँका उद्योग कलकारखानाहरु सञ्चालनका लागि चाहिने कच्चा पदार्थसमेत हामीले बाहिरबाटै ल्याउँछौं । यति मात्र होइन, विदेशबाट लिएको ऋणलाई पनि हामीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्न सकेका छैनौं ।
    कृषिप्रधान देशको नियतिः बिडम्वना नेपाल कृषिप्रधान देश हो तर कृषि प्रधान देश नेपालले बार्षिक अर्बौं रुपैयाको खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ । छिमेकी देशहरु भारत, चीनलगायत अरु समुद्रपार देशहरुबाट नेपालमा खाद्यान्न आयात बर्सेनि बढ्दो छ । करिव दुई दशक अगाडिसम्म नेपालले चामल निर्यात गर्दथ्यो । अहिले बर्सेनि ४० अर्ब रुपियाँभन्दा धेरैको चामल आयात गर्नुपरेको अवस्था छ । नेपालमै भएका स्रोत–साधनको राम्रो सदुपयोग गर्न सक्ने हो भने अति आवश्यक वस्तुहरु इन्धन र नूनबाहेक अरु खाद्यान्न नेपालमै पनि उत्पादन गर्न सकिन्छ । तर आज हामीले हाम्रो देशमा उत्पादन हुन सक्ने वस्तुहरु पनि बाहिरी मुलुकहरुबाट ल्याइरहेका छौं । भारतबाट जुनेलो, फापर र कोदोसमेत नेपालमा आयात भएको देखिन्छ ।
    नेपालले अवका दिनमा नेपालमै युवा स्वरोजगारीका कार्यक्रम तथा बैदेशिक रोजगारीमा युवाहरुको आकर्षण घटाउन अव ध्यान दिनु जरुरी छ । पूर्वाधारको विकास, पर्यटन तथा कृषि व्यवसायको प्रवद्र्धन, औद्योगिक लगानीको सुनिश्चितता, निर्यातमा प्राथमिकता र आयातमा निरुत्साहन दिन सके र त्यसमार्फत प्राथमिकताको क्षेत्र निर्धारण गर्न सके नेपालले लिएको विकासको लक्ष्य सीमालाई नजिक नजिक पु¥याउन सकिन्छ । हेरौं भोलिका दिनमा नेपालले लिने नीति र राजनैतिक स्थायित्वका आधारमा नेपालको भविष्यको आँकलन र निर्धारण हुन्छ । तसर्थ अहिले हामी सवैले पर्ख र हेरको नीति अख्तियार गर्नु जरुरी छ ।
    अन्त्यमाः नेपालमा प्रचुर संभावना छन । ती संभावनाको खोजीमात्र भएको छ, काम भने हुन सकेको छेन । चितवनले ती संभावनाको खोजीमात्र गरेको होइन, अघि बढ्न ठूलो भूमिका निर्वाह गरेको छ । चितवनको भविष्य औद्योगिक तथा व्यावसायीक विकासमै केन्द्रित छ । किनभने विश्वका धेरै मुलुकको उदाहरणले त्यही भन्छ– औद्योगिक विकास बिना कुनैपनि देशको विकास हुन सक्दैन ।

    चितवनमा प्रशस्त उद्योग स्थापना भैरहेको पछिल्लो तथ्याँकले देखाएको छ । अर्कोतर्फ नेपाल सरकारले बार्षिक पाँचदेखि सात लाख नेपालीलाई रोजगारी दिने अठोट गर्दै आएको छ त्यो अठोट पूरा गर्न चितवनले आफै पनि ठूलो योगदान दिन सक्छ । तसर्थ चितवनको सम्मृद्धि र विकासको आधार औद्योगिक क्रान्ति नै हो । औद्योगिक विकासको आधार चितवनमा तयार भैरहेको छ । चितवनले अरु धेरै संभावनाहरु पनि उजागर गरेको छ । आगामी दिनमा चितवनको सम्मृद्धिको लागि ती धेरै संभावनाहरूको छनौट गरि कार्यान्वयनमा लगिनु चितवनको दिर्घकालीन विकास र हितमा हुनेछ । धन्यवाद ।

    लेखक उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष एवम् प्रधान सम्पादक हुनुहुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा

  • ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै

  • विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित

  • समाचार
  • १

    औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा
    २०८३ श्रावण ३, आईतबार

  • २

    ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
    २०८३ श्रावण ३, आईतबार

  • ३

    विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै
    २०८३ श्रावण ३, आईतबार

  • ४

    विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित
    २०८३ श्रावण ३, आईतबार

  • ५

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षा हुने
    २०८३ श्रावण ३, आईतबार

  • ६

    काठमाडौं आउने-जाने यात्रुलाई रातिको यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह
    २०८३ श्रावण २, शनिबार

  • ७

    भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो
    २०८३ श्रावण २, शनिबार

  • ८

    मेसी र रोनाल्डोको सम्मानमा १९-१९ थान विशेष संस्करणका फोन उत्पादन
    २०८३ श्रावण २, शनिबार

  • ९

    एनटिभीको स्याटेलाइट ब्याण्डविथ खरिदमा हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
    २०८३ श्रावण २, शनिबार

  • १०

    बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु , तीन जना घाइते
    २०८३ श्रावण २, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution