पूर्वः भेडियाही चौक, पश्चिम सिर्सिया पुल उत्तर गण्डक चौक दक्षिण शंकराचार्य गेटसम्म कर्फयु आदेश जारी भएको हो । उक्त सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको छ ।
जातीय झडपमा एक पसल, दुई मोटरसाईकलमा तोडफोड भई ढुङगामुडा भईरहेको र थप क्षति हुन नदिन जिल्ला प्रसासन कार्यालयले कफुर्य आदेश जारी गरेको हो ।
हनुमानको जन्मजयन्तीको अवसरमा निकालिएको याली इदगाह चौक छप्पैयामा पुग्नेबित्तिकै झडपका अबस्था भएको थियो । झडपको क्रममा १३ जना प्रहरी, केेही प्रर्दशनकारीहरु घाइते भएका र हाल स्थति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्रमुख गौतम मिश्रले नेपाल टेलिभिजनअनलाइनलाई जानकारी दिनुभयो ।
झडप नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको छ । झडपको कारण र क्षतिको विवरण लगायत घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।हाल छप्पैया चोकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ र स्थिति सामान्य बनाउने प्रयास जारी रहेको बताइएको छ ।
पर्साका पछिल्लो सुरक्षा अबस्थालाई लिएर प्रमुख जिल्ला अधिकारी गणेश अर्याल मैदानमा आफै खटिएका छन भने सुरक्षा अबस्था मजबुत बनाईएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार हनुमान जयन्तीको -याली छप्पैया चोकस्थित इदगाह नजिक पुगेपछि दुई पक्षबीच विवाद सुरु भएको र झडपको अबस्था आएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे