२०८२ अषाढ २६, बिहिबार
फिल्मको ‘कुन बाटो जाम त’बोलको रमाइलो शैलीको गीत सार्वजनिक भएको हो ।
गीतको भिडियोमा कलाकार आशान्तसँगै अभिनेत्री मेनुका प्रधान, कुन्दुन शाक्यलगायत थुप्रै कलाकार नाच्दै गरेका अवस्थामा देखिन्छन् । यो फिल्मको कथा आशान्तले नै लेखेका हुन् ।
गोपिनी शेढाईंको निर्माणमा तयार भएको यो फिल्मलाई सरद महत्त्वले खिचेका हुन् भने फिल्मको सम्पादन बिनोद पाण्डेले गरेका हुन् । विपिन स्थापितले फिल्ममा साउन्ड डिजाइनको काम गरेका हुन् ।
भदौ ६ देखि प्रदर्शनमा आउने यो फिल्मको सार्वजनिक गरिएको यो गीतमै पनि संघर्षरत कलाकारको सपना देखाइएको छ । व्यवसायसँगसँगै आफ्ना रहरहरु पूरा गर्न हिँडेको एक व्यक्तिको कथा फिल्ममा समावेश गरिएको छ । फिल्ममा मेनुका र कुन्दुनसँगै आभास अधिकारी, मिरा खड्का, प्रभाकर न्यौपाने, पुष्कर गुरुङ, राजकुमार पङ्गेनी शर्मा, प्रमोदकुमार यादवलगायत थुप्रै कलाकारको अभिनय छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे