सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपूर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई शुक्रबार पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेश सापकोटाका अनुसार उनीहरू पुरानो कित्ता प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन्। घटनामा संलग्न केही अन्य मालपोत कर्मचारी फरार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
स्रोतका अनुसार उनीहरूले ठूलो रकम लिएर सरकारी जग्गाको कृत्रिम लालपुर्जा बनाइ वितरण गरेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ। प्रहरी स्रोतले भन्यो–‘सोधपुछका लागि बोलाएका थियौं, आफैँ आउनुभएको हो, तर सुरुवातमै केही प्रमाण देखिएपछि अदालतबाट पूर्जी लिएर पक्राउ गरिएको हो अनुसन्धान हुँदैछ ।’
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे