यो फिल्मको आज बिहीबार ललितपुरको धन्वन्तरी बाराही मन्दिरमा शुभ-मुहूर्त गर्दै छायांकन पनि सुरु गरिएको छ ।
बाबु-छोराबीचको कथामा बन्न लागेको फिल्ममा निर्देशक घिमिरेसहित गणेश उप्रेती, दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा, प्रियाना आचार्य (मुन्नी) लगायतको अभिनय रहनेछ ।
४५ दिनको सेड्युलमा काठमाडौं, ललितपुर र भक्तपुरमा छायांकन हुन लागेको फिल्ममा कुमार व्यञ्जनकार (कुमार बेन)को कथा तथा अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा रहेको छ ।
फिल्मलाई बुद्ध थापाले छायांकन र सुशील कडरियाले निर्माण गर्नेछन् । फिल्मको एउटा गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप रहने जनाइएको छ ।
यसअघि ‘सक्किगोनि’ सिरियलको निर्देशन गरेका अर्जुनले ‘झरीपछिको इन्द्रेणी’ आफ्नो ‘अपग्रेड भर्सन’ रहेको बताएका छन् । उनले फिल्मबारे भने, ‘यो पूर्ण फेमिली ड्रामा हो । कुनै पनि घर-परिवारमा भइरहने घटनाक्रम, जुन हामी सबैले भोगेका छौं, त्यसलाई नै समेटेका छौं ।’ फिल्ममा अग्रज कलाकारहरुसँग सहकार्य गर्न पाउँदा आफूले भाग्यमानी महसुस गरेको उनले बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे