मिलन तामाङको निर्देशनमा बनेको फिल्मको शुक्रबार सार्वजनिक सार्बजनिक गरिएको थियो। पोस्टरले पात्रहरुको गेटअप, लुक्स र मुडलाई दर्शाएको छ ।
पोस्टरमा फिल्मका पाँच मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा), प्रकाश सपूत, धीरज मगर, उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पालाई देख्न सकिन्छ । उपासना तामाङ पहिरनमा प्रस्तुत हुनु र पोस्टरको पृष्ठभूमिमा ध्वजा पताका टाँगिएको एक घर देखिनुले फिल्म तामाङ संस्कृतिको कथामा आधारित रहेको बुझ्न सकिन्छ ।
मिलन तामाङको निर्देशनमा तयार भएको फिल्ममा बुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतको पनि अभिनय रहेको छ । ‘फर्की फर्की’का निर्माता रोहित अधिकारी प्रस्तुतकर्ता रहेको फिल्ममा रविन शेरचन र धीरज तामाङ निर्मातामा छन् । ईश्वर श्रेष्ठ र निरज कटुवाल फिल्मका कार्यकारी निर्माता हुन् ।
फिल्ममा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गीय जयदेवको संगीत, रोहित शाक्य र शैलेश श्रेष्ठको पार्श्व संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे