गैंडाकोट नगरपालिका वडा नं. १४ स्थित नगरटाँडी भित्री सडकखण्डको खोल्सामा देवचुलीका एक पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
मृत्यु हुनेमा देवचुली नगरपालिका १६ रजहर बस्ने बर्ष ५१ को किसान न्यौपाने रहेका छन्।
मृतक न्यौपाने शुक्रबार साँझ ५:३० बजेतिर घरदेखि गैंडाकोटको नगरटाँडी तर्फ काम खोज्न भन्दै साईकलमा निस्किएको पाईएको छ।
निजले साईकल चलाएरै नगरटाँडी आएको र मृतकको घटनास्थलबाट साइकल समेत बरामद भएकोले साइकलबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे