आज शनिबार बिहान करिब ६ बजे ४५ वर्षीय मानबहादुर शिवभक्तीले ४० वर्षीया श्रीमती दुर्गा लक्ष्मी शिवभक्तीको घाटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
घटनापछि उनी बिहान ८:३० बजे प्रहरीमा उपस्थित भई आफूले श्रीमतीको हत्या गरेको बताएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार मृतक दुर्गा लक्ष्मी प्यारालाइसिसको बिरामी भएको र हिँडडुल गर्न नसक्ने अवस्थामा थिइन् । प्रहरीको सोधपुछका क्रममा मानबहादुरले मानसिक तनावका कारण श्रीमतीलाई मारेको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे