सन् २०२६ मा अन्तर्राष्ट्रिय रूपमा प्रदर्शनमा आउने गरी उक्त चलचित्रको निर्माण भइरहेको हो। निर्माण पक्षका अनुसार चलचित्रले हिमाली जनजीवनको यथार्थतालाई पर्दामा भावनात्मक र दृश्यात्मक रूपमा प्रस्तुत गर्नेछ ।
अभिनेता बुद्धि तामाङ चलचित्रको मुख्य भूमिकामा रहने छन् । चलचित्रको निर्देशन कर्मा शेर्पा र दुर्लव जन्तरेले संयुक्त रुपमा गरेका छन्। फिल्मको कथा कर्मा शेर्पाले लेखेका हुन्।
यस्तै, पटकथा सुमन गजमेर, छायांकन रञ्जित श्रेष्ठ, संगीत संयोजनमा अटल राई र गायनमा सचिन राई छन्। शेर्पा फिल्म्सको प्रस्तुति र डके एक्सपेडिसनको सहकार्यमा निर्माण गरिएको चलचित्र अहिले पनि निर्माणकै चरणमा छ । यसबाट हिमाली समुदायको वास्तविक प्रतिनिधित्व र नयाँ कलाकारको उदयलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको कर्मा शेर्पाले बताए ।
‘हाम्रो उद्देश्य सिंगो हिमाली समाजको कथा संसारभर पुर्याउनु हो,’ निर्देशक शेर्पाले भने, ‘जहाँ साहस, संस्कृति र आत्मबल मिसिएको जीवन पाइन्छ।’ चलचित्रलाई विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी गराउने योजना समेत रहेको आर्का निर्देशक दुर्लव जन्तरे बताए ।
‘शानदार छायांकन, मौलिक संगीत र यथार्थ कथावस्तुमा आधारित यस चलचित्रले नेपाली सिनेमामा दुर्लभ विषय उठाउँदैछ,’ जन्तरे भने, ‘शेर्वा – द लाइफ अफ हिमालयु अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि सहभागी हुने फिल्म बन्नेछ । उनले हिमाल जत्तिकै विशाल भावनात्मक गहिराइ बोकेको यस फिल्मले दर्शकको मनछुने विश्वास समेत ब्यक्त गरे ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे