तनहुँ– पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा बिहिवार साँझ भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन्।
दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ७३२९ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा ०१–००६ ख ६५०३ नम्बरको विद्युतीय माइक्रो एक आपसमा ठोक्किदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।
दुर्घटनामा विद्युतीय माइक्रोमा सवार नौ जना र बसमा सवार दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । माइक्रोमा सवारमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनाका घाइतेलाई एक जनाको दमौली स्थित रत्नहरि अस्पताल दमौली, चार जनाको मणिपाल अस्पताल पोखरा र ६ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ । घाईतेको स्थानीय, प्रहरी, सशस्त्र प्रहरी लगायतको सक्रियतामा उद्धार गरिएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे