२०८२ मंसिर ३, बुधबार
हाल कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लागायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।
आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशको लागायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने कर्णाली र सुदुरपश्चिम प्रदेश लागायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराइको थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी बर्षाको सम्भाबना रहेको छ ।
महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे