गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तीपुर बस्ने बाग्लुङ वरेङ गाउँपालिका–३ घर भएका २५ वर्षीय राजु सार्कीलाई प्रहरीले पक्रेको हो ।
१२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा सार्कीलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।