२०८२ आश्विन १६, बिहिबार
विजया दशमीको दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउने उत्तम साइत भोलि बिहान ११:५३ बजे रहेको छ ।
घटनास्थापनाको दिनदेखि पूजा आराधना गरिएकी नवदुर्गा अर्थात देवी बिसर्जन गरेपछि टीका शुरु हुन्छ । दुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउन साइत कुर्नु नपर्ने भएकोलै आजदेखि कोजाग्रत पू्णिमासम्म नै लगाउन सकिने तर साइतमै लगाउन खोज्नेका लागि भने विहान ११:५३ बजेको साइत उत्तम रहेको पञ्चाङ्ग निर्णायक विकास समितिको भनाइ छ ।
यसैगरी आज बिहान ९:२३ बजे देवी विसर्जनको साइत रहेको छ । घटस्थापनाको दिनमा दशैं घर वा पूजाकोठामा विधिपूर्वक नवदुर्गा स्थापना गरी जमरा राखेर महानवमीसम्म दुर्गा पूजा गरेर विजया दशमीको दिनमा देवीको प्रसाद स्वरुप मान्यजनको हातबाट त्यही जमरा र टीका थाप्ने र आशिर्वाद लिने प्रचलन छ ।
देवी दुर्गा भवानीले राक्षसको बध गरेपछि असत्यमाथि सत्यको जीत भएको संझनामा दशैंमा रातो टीका र जमरा लगाउने परम्परा रहेको छ । यद्पि केही समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको टीका लगाउने चलन पनि छ । बडा दशैंको टीका कोजाग्रत पूर्णिमाको दिनसम्मै लगाउने गरिन्छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे