२०८२ अषाढ ३०, सोमबार
हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशको केही स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा-हुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोː देशभर सामान्य देखि पूर्णतया बदली रहने छ । देशको पहाडी भू–भागहरुका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराईका केही स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।
रातीː देशको पहाडी भू–भागहरूमा सामान्य बदली रही आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशको केही स्थान र बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे