२०८२ बैशाख २३, मंगलबार
जिल्ला प्रहरी कार्यालय बाट प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयको कमाण्डमा खटिएको प्रहरी टोलीले घटना संकास्पद रहेको हुंदा मृतकको श्रीमती हशिवुन निशालाई नियन्त्रणमा लिई प्रार्भिक अनुसन्धान गरिरहेको छ।
जेठ १९ गते दिउसो मृतकको श्रीमती हशिवुन निशाले आफ्नो श्रीमान १८ गते राती देखि हराएको हुंदा खोजतलास गरिपाउं भनि प्रहरी चौकी बैरागनाथमा समेत निबेदन दिएकी थिइन् ।
श्रीमान र श्रीमती बीच पटक पटक झै-झगडा हुने गरेको र श्रीमान अव्दुल नसिम खाँ ले दैनिक रुपमा कुटपिट गर्ने, निज र २ जना छोराहरुको हेरचाह नगर्ने, स्कुलमा पढ्न पनि नपढाउने र घरमा बारम्वार घरेलु हिंसा समेत गर्ने गरेकाले विगत २ वर्ष देखि सम्पर्कमा रहेका १ जना भारतीय संगै पढेको साथि संग श्रीमान अव्दुल नसिम खाँले गर्ने गरेका कृयाकलापहरु सुनाएको र निजलाई “अव श्रीमानलाई मार्नु पर्छ तिमीले पनि सहयोग गर्नु पर्छ” भन्दा निजले पनि राजी भई सो कार्यमा समेत सहमती जनाएको देखिन्छ।
सोही कारण निजलाई जेठ १७ गते साँझ भारतबाट बोलाइ रातको २ बजे हशिवुन निशाले मोबाइल चार्ज गर्ने सेतो डाटा केवलले घाटी कसी मारी दुबै जना मिलि चन्दर थारुको जोतेको खेतको आली (मेडी) किनारमा मृत लाश बोकेर लगि दुबै जनाले कोदालोले खाडल खनि मृत लाश पुरेको प्रहरीले जनाएको छ। घटनास्थलबाट सबुद बरामद गरी निज हशिबुन निशालाई जरुरी पक्राउ पुर्जि दिई जिल्ला अदालत नवलपरासीबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले बताएको छ। फरार अभियुक्तको खोजतलास भैरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे