२०८२ अषाढ ३०, सोमबार
भट्टेडाँडामा शनिबार बिहान ७:४५ बजेको समयमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरोका कारण उक्त सडक भएर सञ्चालन हुने यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण हेटौँडाबाट काठमाडौँतर्फ र काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको सवारीसाधन जाममा परेका छन् ।
काठमाडौँबाट कान्ति लोकपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको सवारीसाधनहरूलाई ललितपुरको भट्टेडाँडा प्रहरी चौकी र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको सवारी साधनहरूलाई मकवानपुरको प्रहरीले ठिंगनमा रोकेको छ ।
वर्षा भइरहेकोले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ । मौसममा सुधार आएसँगै पहिरो पन्छाएर दुवैतर्फको यातायात सञ्चालनमा ल्याउने प्रहरीको भनाई छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे