२०८२ अषाढ ३०, सोमबार
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटमा आन्तरिक आर्यतर्फ १ अर्ब ७५ करोड (घरजग्गा रजिष्ट्रेशन एवम् खानी तथा खनिजजन्य पदार्थको बाँडफाँडबाट प्राप्त) अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्व ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रेदश सरकारको राजश्व बाडफाँडबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्व ६५ करोड, सडक बोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरिएको छ।
अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्व १० करोड रहने प्रक्षेपण गरिएको छ। महानगरले चालु आर्थिक बर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी दिन बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरुको समयमै सम्पन्न गर्नका लागि १ अर्व ६५ करोड बजेट विनियोजन गरिएको छ।
भरतपुर महनगरका २९ वटा वडाका लागि प्रत्येक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रकम विनियोजनाका लागि प्रस्ताव गरिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे