२०८२ अषाढ ३०, सोमबार
पहिरो झरेको उक्त स्थान सिद्धबाबा सुरुङमार्गको निर्माणाधीन उत्तरतर्फको प्रवेश विन्दु हो । पहिरो झरेपछि पाल्पा हुँदै बुटवलतर्फ आउने र बुटवलबाट पाल्पा हुँदै विभिन्न जिल्ला जाने सवारी साधनहरु बीचमै रोकिएका दोभान प्रहरी चौकीले जनाएको छ ।
सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पहिरो झरेको स्थानमा सुरुङमार्गको उत्तरतर्फको सुरुङ प्रवेश विन्दुमा रिप पोर्टल निर्माण गरिरहेको छ । सो ठाउँमा साउनको पहिलो सातादेखि पटक-पटक पहिरो खस्दा सुरुङमार्गको रिप पोर्टल (स्लोप प्रोटेक्सन) मा क्षति पुर्याएको छ ।
पहिरोसँगै ठूलाठूला ढुंगाहरू सडकमा झरेकाले अवरुद्ध सडक खुलाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे