२०८२ बैशाख ३०, मंगलबार
चितवनको सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनको लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाईटेड हात्ती सञ्चालन स.सं.लि.र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपालको सह–आयोजनामा महोत्सव हुने भएको हो। महोत्सव पुस १० बाट १४ गतेसम्म सञ्चालन हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै होटल एशोसिएशन नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले कोरोना भाइरसको महामारीबाट रोकिन गएको महोत्सव फेरि सुरु गर्न लागेको बताए । विश्व सम्पदा सूचीमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्त्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनारी गराउनुसमेत यस महोत्सवको अभिप्राय रहेको बताए ।
श्रेष्ठले पर्या–पर्यटन सम्बन्धित गतिविधिहरु र स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्दै राष्ट्रिय स्तरसम्म पहिचान गराउन सक्नु महोत्सवको लक्ष्य रहेको बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे