२०८२ बैशाख २१, आईतबार
गैँडाकोट नगरपालिका वडा नं ९ थुम्सिस्थित नारायणी नदीको बिचमा रहेको टापुमा नदीले बगाएर ल्याएको अवस्थामा उक्त पुरूषको शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक हस्त बहादुर सुनारले बताउनुभयो।
जिन्स पाएन्ट सहित नदीमा घोप्टो अवस्थामा शव फेला परेको थियो। निज मृतकको साथबाट एकथान पर्स र मोबाईल समेत फेला परेको छ।
आज बिहान अन्दाजी १०:१५ बजेको समयमा इलाका प्रहरी कार्यालय गैँडाकोटका प्र.नि हस्त बहादुर सुनारको कमाण्डमा ७ जनाको टोली र स्थानियको सहयोगमा निजको शव फेला पारेको थियो।
अन्दाजी ३५ बर्षको जस्तो उमेरका देखिने उनको शवको मुचुल्का उठाई थप अनुसन्धान भैरहेको सुनारले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे