• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ २, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरमा रड प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार
२

गैँडाकोटमा रेबिजका कारण एक पुरुषको मृत्यु

२०८२ जेष्ठ १४, बुधबार
३

दोहोरो पैसा लिएको पुष्टि भएपछि चितवनको मनकामना अस्पतालमा बीमा कार्यक्रम रोकियो

२०८२ जेष्ठ ५, सोमबार
४

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
५

नवलपुरको गैंडाकोटमा बस र माइक्रो ठक्करखाँदा ९ जना घाइते

२०८२ जेष्ठ ६, मंगलबार
६

पतन्जलीले रोक्यो नवलपुरको २७ बिघामा बन्दै गरेको संरचना निर्माणको काम

२०८२ जेष्ठ ३१, शनिबार
७

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार
८

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्य, पाँच घाइते

२०८२ जेष्ठ १९, सोमबार
९

कावासोती नगरपालिकाले वितरण गरेको अनुदानको धानको बिउ उम्रिएन  

२०८२ जेष्ठ २८, बुधबार
१०

दुई साँढे बीचको जुधाइमा परेर स्कुटर चालकको मृत्यु

२०८२ जेष्ठ १२, सोमबार
११

बुटवलमा आमा र दुई छोरीसहित तीन जनाको बिभत्स हत्या

२०८२ जेष्ठ १४, बुधबार
१२

चितवनमा कार र बस ठोक्किँदा कार चालकको मृत्यु

२०८२ जेष्ठ ९, शुक्रबार

शिक्षा तथा शिक्षकमा समयसापेक्ष परिवर्तन र विकास अनिवार्य

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ भाद्र १०, सोमबार (९ महिना अघि)

  • १९७ पटक पढिएको
  • सत्य राम कासिछ्वा,
    शिक्षा मानव विकासको प्रमुख आधार हो ।चरित्रवान् तथा नैतिकवान स्वरोजगार, सबल र सक्षम जनशक्ति, सीपमूलक र व्यावसायिक तथा मानव अधिकारको सही उपयोग गर्ने शिक्षाको विकासमा हरेक सरकारले विशेष जोड दिएको हुन्छ । शिक्षाले नै वस्तु तथा सेवाको उत्पादन र सम्भावनाको बाटो खोल्ने भएकोले शिक्षाको विकास अनिवार्य मानिन्छ । समय र प्रविधिको विकास अनुसार शिक्षालाई व्यवहारिक र जीवनोपयोगी बनाउन राज्य सत्ताले लगानी गरी विशेष ध्यान दिनु अनिवार्य छ । गुणस्तरीय शिक्षाको विकासका लागि शिक्षाविद् तथा शिक्षक संगठनले कूल बजेटको ३० % सम्म रकम छुट्याउन माग र तर्क गरिरहेका छन् ।
    हरेक वर्ष शिक्षामा विनियोजन गरेको कूल रकमको ९०% शिक्षकको तलब तथा सेवा सुविधामा खर्च गरे तापनि शैक्षिक उपलब्धिको स्तर झन्झन् खस्किएको छ । यस्तो हुनुको मुख्य कारणको रूपमा ग्रामीण क्षेत्रका शिक्षकहरूले विद्यालय संचालन तथा व्यवस्थापनको लागि न्यून खर्च दिनु, उपयुक्त कक्षाकोठा, पुस्तकालय तथा शाैचालय र खेलमैदानको अभावलाई लिएकाे पाईन्छ । शहरी क्षेत्रमा आवश्यकता अनुसार खेलमैदान नहुँदा भएको विद्यार्थीले समेत मेहनत नगर्नाले विद्यार्थीहरूको सिकाई प्रभावित भएको भन्ने शिक्षकहरू पनि रहेका छन् ।
    संघीयता सहितको गणतान्त्रिक व्यवस्थामा समेत शिक्षाक्षेत्रका स्वार्थ समूह र संगठनकाे कारण आजको शिक्षा नीति पनि २०२८ सालको वरिपरि घुमिरहेको छ । शिक्षालाई समयसापेक्ष बनाएर उत्पादनशील, व्यावसायिक र सीपमूलक बनाउने भन्दा पनि जुनसुकै क्षेत्र वा विषय अध्ययन गरेकालाई पनि शिक्षकको रूपमा नियुक्ति वा परिचालन गर्ने परिपाटी आज पनि यथावत् रहेको छ ।
    शिक्षाक्षेत्रलाई द्वापर युगको द्राैपदी झैं बनाई शिक्षाशास्त्रको महत्त्व, आवश्यकतामथि भ्रष्टाचार गरेर अवमूल्यन गरिरहँदा नि पत्रकार तथा वकिलले भण्डाफोर तथा वकालत नगर्नु भनेको देश र आफ्नो  योग्यतामाथि विश्वासघात गर्नु हो । यस विषयमा शिक्षाविद् तथा शिक्षक महासंघ लगायत अन्य विभिन्न नामधारी शिक्षक संगठन माैन रहेर समर्थन गर्नु एक प्रकारको राष्ट्रघात नै हो ।
    शिक्षकले आफ्नो अनुकूल सेवा सुविधा सहज रूपमा पाउन राजनीतिक दलको झण्डा बोक्ने प्रवृत्ति बढ्दो छ । विद्यार्थीहरूले प्रभावकारी सिकाई के कसरी गर्न सकिएला भनेर विचार मन्थन गर्दै शिक्षणको लागि आवश्यक स्रोत सामाग्री जुटाउन अग्रसर भएमा वा समय खर्चेमा शिक्षकलाई राजनीति गर्ने अवसर नै प्राप्त हुँदैन ।
    नेपालमा विसं २०१३ भदौ २४ गते नै कलेज अफ एजुकेसन स्थापना भई घुम्ती शिक्षक तालिमको सुरुवात भएको हो । यहीँ सिलसिलामा विज्ञान, गणित तथा अंग्रेजी विषयको शिक्षक दुर्गम क्षेत्रमा नपाउने अवस्थामा त्रिभुवन विश्वविद्यालयले धेरै समयपछि जुनसुकै विषय वा क्षेत्रको लागि शिक्षक बन्न सकिने गरी एकवर्षे विएडको कक्षा संचालन गरिएको थियो । तर आज त्यसैको दुरुपयोग गरेर जोकोहीले लाइसेन्स र नियुक्ति पाउँदा समेत सुगम वा घरपायक क्षेत्रमा सरुवा हुन खोज्ने प्रवृत्ति बढ्दा शिक्षाको माध्यमबाट कसरी देशको विकास र समृद्धि होलान् ? व्यक्तिगत स्वार्थ पुरा भई वैयक्तिक समृद्धि भएमा देश आफैं विकास हुने मनसाय भएका पनि व्यक्ति शिक्षक हुने व्यवस्था रहेसम्म देशले कुनैपनि क्षेत्रमा परिवर्तन गर्न सक्दैनन् ।
    आज दुर्गम क्षेत्रको लागि व्यवस्था गरिएको एकवर्षे विएड गरी लाइसेन्स र नियुक्ति पाएका शिक्षकहरू सुलभ र सहज ठाउँमा सरुवा हुने प्रक्रियाले गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक आवश्यकताको दर्जनौंपटक विज्ञापन दिँदासमेत अभाव हुन गएको हो । यस्तो अवस्थामा समेत शिक्षक महासंघ लगायत अन्य राजनीति दलका शिक्षक संगठनका पदाधिकारीहरू आफ्नो आसेपासे र कार्यकर्ता तथा आफन्तलाई देशको सेवा भन्दा पनि स्वार्थ पुरा गर्न केन्द्रित देखिन्छ ।
    विभिन्न देशको सरकारी तथा गैरसरकारी संस्थाले उपलब्ध गराउने आर्थिक सहयोग तथा ऋण अनुदानको आधारमा विभिन्न किसिमका शिक्षक नियुक्ति गरिँदा आज विद्यालयमा १७ थरीका शिक्षकहरू भएको हो । यसमा शिक्षाशास्त्रको उत्पादन बाहेक राजनीतिक दलको शिक्षक संगठनका पदाधिकारी नजिकका आसेपासे, कार्यकर्ता तथा आफन्त नियुक्ति भएका छन् । जसको आजसम्म खोजनीति सरकारले गर्न सकिरहेको छैन । बरु आज तिनीहरूलाई समेत दरबन्दी कायम र मिलान गर्नुपर्ने माग उठाई रहेको छ । सरकारले तिनीहरूको मागलाई सम्बोधन गर्नु भन्दा पनि विशुद्ध शिक्षाशास्त्रका उत्पादनलाई शिक्षकको रूपमा दरबन्दीमा रूपान्तरण गरेर शिक्षालाई व्यवहारिक र जीवनोपयोगी बनाउने नीति कार्यान्वयन गर्नुपर्छ ।
    विद्यालय संचालनमा प्रशासन लगायत अन्य व्यवस्थापनमा अति महत्त्वपूर्ण भूमिका निभाउने विभिन्न किसिमका कर्मचारीलाई आवश्यक परीक्षा सहित दरबन्दी सरह सेवासुविधा दिनु आजको आवश्यकता हो ।
    विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक वृत्ति विकासमा सहयोगी कार्यकर्ता भई ईसीडी, बालविकास, मन्टेश्वरी तहमा शिक्षण गर्ने शिक्षकहरूको तलब अन्य तहको भन्दा बढी हुनुपर्छ ।
    सरकारले निःशुल्क शिक्षाको नाउँमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि उपलब्ध गराएको विद्यार्थीको दिवाखाजा स्वरुप प्रति दिन रू. १५ आजको महंगीको समयमा निक्कै अपुग छ नै । केही स्थानीय पालिकाले उक्त दिवा खाजामा केही रकम थपेर विद्यार्थीको दिवा खाजालाई सहज बनाई दिएको छ । तैपनि यसको कारण कक्षा १ मा भर्ना भएको विद्यार्थी कक्षा १० सम्म पुग्न सकिरहेको छैन । कतिपय विद्यार्थीहरूको घरमा मिठो खानेकुरा खान नपाउँदा सरकारले उपलब्ध गराएको दिवाखाजामा रमाएर विद्यालय जाने गरेको समेत देखिन्छ ।
    शिक्षालाई संविधानमा माैलिक हकको रूपमा राख्दै निःशुल्क र अनिवार्य गरेको छ । यस्तो  अवस्थामा निजी विद्यालयले नाफाको रूपमा शिक्षालाई प्रयोग गर्नु भनेको संविधानको अपमान नै हो । संविधान नमान्नु नै हो । कि त नाफाको लागि संचालन गर्ने निजी विद्यालयले वस्तु तथा सेवाको उत्पादनलाई विशेष प्राथमिकता दिनुपर्छ, अंग्रेजी शिक्षाको नाउँमा रूपान्तरित शिक्षा दिनु अपराध नै हो ।
    शिक्षक समयसापेक्ष रूपमा परिवर्तन भइरहनु आवश्यक छ । एक पटक परीक्षा उत्तीर्ण गर्दैमा ऊ आजीवन वा सधैं योग्य र सक्षम हुन्छ भन्नु मुर्खता नै हो । विश्वमा बदलिरहने सूचना प्रविधि सञ्चारले आजको समयमा नयाँ पुस्ता अगाडि बढेको हुन्छ । यसलाई रोक्नु भनेको अपराध हो । सिकाई प्रभावकारी, गुणस्तरीय बनाउन तथा बढुवा र ग्रेडवृद्धि चाहने शिक्षकहरूले समयसमयमा परीक्षा दिई रहनुपर्छ ।
    लामो समयसम्म एउटै तहमा अध्यापन गर्नुपर्ने व्यवस्था हटाउन हरेक ३ वर्षको परीक्षा लगातार ३ पटक उत्तीर्ण भएमा तीन ग्रेड वृद्धि सहित अनिवार्य बढुवा हुने र परीक्षा उत्तीर्ण नभए विदा हुनुपर्ने र फेरि परीक्षा दिई उत्तीर्ण हुन पाउने व्यवस्था गरिनुपर्छ । त्यसमा पनि लगातार ३ पटक उत्तीर्ण भएमा ३ ग्रेडवृद्धि सहित अनिवार्य बढुवा गरिनुपर्छ । बढुवा भए तापनि प्रत्येक पटक परीक्षा उत्तीर्ण भएमा १ ग्रेड वृद्धि पाउने नभए विदा दिनुपर्ने प्रावधान हुनुपर्छ ।
    जसले गर्दा विद्यार्थीको सिकाईलाई प्रभावकारी र गुणस्तरीय बनाउन शिक्षक स्वयं अध्ययनशील हुन्छ भन्ने सामाजिक मान्यता कायम भइ शिक्षकको मर्यादा अरूको भन्दा माथि नै रहन्छ र हुनुपर्छ पनि ।
    यसर्थ संघीयता सहितको गणतान्त्रिक देशमा हरेक पक्षमा भएको कमीकमजोरी हटाई शिक्षामा समयसापेक्ष परिवर्तन र विकास अनिवार्यताको लागि सबैले आआफ्नो तहबाट प्रयास पहल गरिनुपर्छ ।
    हाल: सूर्यमढी -९, भक्तपुर 
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • इजरायलमै अड्किए विराटनगरका मेयर कोइराला

  • अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

  • गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

  • यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षा हुने

  • समाचार
  • १

    इजरायलमै अड्किए विराटनगरका मेयर कोइराला
    २०८२ अषाढ २, सोमबार

  • २

    अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
    २०८२ अषाढ २, सोमबार

  • ३

    गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
    २०८२ अषाढ २, सोमबार

  • ४

    यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षा हुने
    २०८२ अषाढ २, सोमबार

  • ५

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
    २०८२ अषाढ २, सोमबार

  • ६

    सामाजिक सुरक्षा भत्ता हिनामिनामा १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
    २०८२ अषाढ २, सोमबार

  • ७

    संघीय निजामती सेवा सम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस
    २०८२ अषाढ १, आईतबार

  • ८

    केदारनाथ हेलिकप्टर दुर्घटनामा चालकसहित ७ यात्रुको मृत्यु
    २०८२ अषाढ १, आईतबार

  • ९

    बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु
    २०८२ अषाढ १, आईतबार

  • १०

    पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते
    २०८२ अषाढ १, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution