• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ३, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
८

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
११

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
१२

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार

मनले शरीर छाम्दा…

विपासना साधनाको अनुभव
नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ चैत्र ११, सोमबार

  • ७२० पटक पढिएको
  • श्रीधर लामिछाने–

    हिजै भएको सल्लाह अनुसार हामी दिउँसोको साढे एक बजे तिर घर बाट बा र छोरा निस्क्यौं। बाटो साघुरो अनि अनकन्टार जस्तो, नजिक भएर पनि धेरै टाढा पुगे जस्तो लागि रहेको थियो । ठाउँ ठाउँमा मृत कंगारु लम्पसार परिरहेको भेटिन्थ्यो । १-२ ठाउँमा फ्याउरो स्याल मृत भेटिए ।  यी सबै मृत जनावरहरु तिब्र गतिमा आएको गाडीको ठक्करले मरेको हुनुपर्छ। एक-दुई वर्ष अघि लागेको डढेलो ले ध्वाँसे भएका रुखहरु भर्खर उठेका हुन् कि जस्तों देखिने ठाउँ पनि हामिले यात्रामा पार गर्यौं। यस्तै दृष्यावलोकन सहित करिब एक घन्टामा हामी धम्म आलोका, उरियालोक पुग्यौं।

    विपश्यना केन्द्रको मूलद्वारमा पुगेर हाम्रो गाडी रोकियो। हाम्रो १०-१२ दिनका लागि चाहिने सामानको  कुम्लो कुटुरो बोकेर कम्पाउण्ड भित्र छिरेपछी नाम दर्ता गर्ने ठाउँतर्फ संकेत गरे अनुसार सोही तर्फ लाग्यौँ। त्यहाँ रहनुभएका स्वयमंसेवकले हामीलाई सम्बन्धित डेस्क तर्फ देखाए। हामी त्यतै तर्फ डोरियौं। सहयोग गर्ने व्यक्तिहरुले नाम थर सोधेर निवेदकको सूची हेरेर फर्म भर्न सल्लाह दिए।

    सम्बन्धित हरेक व्यक्तिको नाम तोकेर टेबल निर्धारित गरिएको थियो । त्यहीं वसेर फटाफट फर्म भरेर बुझायौं। जिम्मेवार स्वयंसेवकहरु: डोमिनिक व्यवस्थापन स्वयंसेवक, पुरुष तर्फ स्वयंमसेवी सहयोगी: डेबिड र महिला स्वयंसेवी व्यवस्थापक ले सामान्य अनुशासन र दैनिक तालिका लगायत अन्य आवश्यक जानकारी दिनुभयो। डेबिडले मेरो लागि निर्धारित कोठामा पुर्‍याई त्यो कोठामा रहेको सुबिधा बारे बताउनु भयो।

    प्रभात छोराले मेरो बेड झोला मिलाएर त्यहाँ भएका सामानको परिचालन बारे जानकारी दिए। अनि अब एघार दिन पछी भेट्ने भन्दै घर तिर लागे। मेरो लागि एकदमै उपयुक्त; अट्याच बाथरूम र शौचालय भएको ठाउँ प्राप्त गर्ने मैले आफुलाई धन्य सम्झें। दुईवटा सिंढी मात्र भएको सजिलो र सफा तातो चिसो पानिको सुबिधा सहितको बाथरूम र सजिलो कोठा थियो। शायद उमेर अनुसार सुबिधा दिने बिबेकी व्यवस्थापनले यस्तो निर्णय गरेको जस्तो लाग्यो। कम्पाउण्डको ढोका सम्म पुगेर प्रभातलाई बिदा गरेर कोठामा आएँ।

    म केहि बेर आराम गरि निर्धारित समयमा चिया नास्ता खान डाइनिंग हल तर्फ गएँ। त्यस बेला सम्म प्राय सहभागी सबै आइपुगे जस्तो लाग्यो। अमेरिकाको हवाई बाट आएका र लंकाबाट आएकाहरु केहि सहभागी संग हल्का परिचय भयो। एक जना स्वयंमसेविले ६ बजे त्यसै हलमा भेट्ने जानकारी दिनु भयो । त्यस बेला सम्म गर्मि धेरै नै थियो। विपासना केन्द्र वरिपरिको वातावारण नियाल्दा लाग्थ्यो त्यहाँ भएका चराचुरुंगी जीव जन्तु सबै ध्यान मग्न र प्रकृति संग रमाउन आएको प्रतित हुन्थ्यो।

    ठिक ७ बजे हाम्रो भेट शिक्षक चार्ली संग विपासना हलमा नै भयो । त्यहाँ पनि अनुशासनका कुरा भए। यदि अनुशासन पालना गर्न नसक्ने कोहि हुनुहुन्छ भने कृपया अहिले नै शुरु नगर्नु राम्रो हुन्छ भनेर शिक्षकले अन्तिम जानकारी दिदै हाम्रो मौन-ब्रतका साथ् अनुशासनका सबै नियम लागु भए । याने कि हामी अब १०  दिन पूर्ण अनुशासन भित्र मौन ब्रत समेत वस्न प्रतिबद्ध हुँदै अगाडी बढ्यौं । भोलि आ-आफ्नो नित्य कर्म सकेर ठिक ४;३० बजे बिहान यहि विपासना हल भेट्नेछौं भन्दै त्यस दिनको लागि कार्यक्रम सकेको घोषणा शिक्षक श्री चार्लीले गर्नु भयो।

    यो ठाउं: धम्म आलोक, उरियालोक, भिक्टोरिया सुन्दर एक पहाडी थुम्कोमा रहेको छ । हाम्रो चुरे जस्तो तर स्थिर भैसकेको थुम्के डांडाहरु यो ठाउँ एकदम विपासना को निमित्त उपयुक्त लाग्यो। चार्ली एकदम हसिलो मुहार तर गम्भीर प्रकृतिको व्यक्तित्व हुनुहुन्थ्यो ।

    वातावरण:  सुन्दर शान्त वातावरण प्राकृतिक रूपमा मनोरम हरियाली झन्डै जंगल कै विचमा बसे झैं लाग्ने। त्यति मात्र कहाँ हो र? चराचुरुंगी को चिरबिर चिरबिर प्राकृतिक संगीतमय धुन अनि खरायो, पोसम र एकिडना जस्ता साना जनावरको छुनुमुनु छुनुमुनु नाच जति बेला पनि बसी रहुँ जस्तो लाग्ने।

    अनुशासन: हामीलाई इमेल बाट पनि साधकहरुले तल उल्लेखित अनुशासन पालना गर्नु पर्ने जानकारी पहिले नै दिईएको थियो । फेरी त्यहाँ पनि नियमको कडाईका साथ् सबैले पालना गर्नु पर्ने बताइयो। हुन पनि हामी १० रात ११ दिन त्यहाँ बस्दा के गुरु के स्वयंसेवक के विद्यार्थी सबै बाट उक्त नियम राम्रो पालना भएको महशुस गरें मैले ।

    • मौन ब्रत: कुनै पनि प्रकारको संचार (बोल्न, लेखन संकेत गर्न) बाट टाढा रहने,
    • झुठ बेगर सच्चाई मा अडिग,
    • यौंनजन्य कुनै पनि क्रियाकलापबाट टाढा रहने,
    • बाहिरको कुनै पनि केही नखाने
    • मद्यपान र धुम्रपान बाट टाढा

    त्यहाँ के नलग्ने :- विपासना गर्न जाने क्रममा तल उल्लेखित सामग्री लैजान नपाउने जानकारी इमेलमा नै उल्लेखित थियो । जस्तै : किताव, धार्मिक सामग्री, लेख्ने स्रोत साधन, एम पी ३, कुनै पनि प्रकारको खाने कुरा, वास्नादार सावन अत्तर, स्मार्ट फोन घडी आदि ।

    बिधि: विपसनाका चर्चित शिक्षक सत्य नारायण गोएंका को प्रवचन हरेक दिन दुइ पटक सुन्न पाइन्थ्यो । त्यहाँ हुनुभएका शिक्षक चार्लिले साधक लाइ निरन्तर साधना गर्न र कुनै प्रश्न भए सोधपुछ गर्न भन्नुहुन्थ्यो । त्यस्तै व्यक्ति पिछे प्रश्न गर्ने समय दिन को दुइ पटक लन्च पछिको १ घण्टा र राति ९ बजे पछी निर्धारण गरिएको थियो ।

     

    मुख्य कुरा के भने:

    अनुशासित भएर एकाग्र चित्तले स्थिर, धैर्यताको साथ् एकै आसनमा रहेर आफैले आफ्नो शरीरका क्रिया प्रतिक्रिया (सेन्सेसन) अवलोकन गर्ने अर्थात् मनले शरीर छाम्ने र त्यस बाट प्राप्त गर्ने प्रज्ञा महत्वपूर्ण हुन्छ। त्यस्ता प्रज्ञा एक पछी अर्को हुँदै अघि बढ्नु हाम्रो उद्देस्य हो ।

    • हरेक कुरा, वस्तु तत्व परिवर्तन हुन्छ, सबै अस्थाई छन् अपरिवर्तनीय केहि छैन, हुदैन्।
    • सबै विषय समभावले, साक्षी भावले, द्रष्टाभावले सन्तुलनमा, हेर्ने वा अवलोकन गर्ने।

    मनले आफ्नो शरीर छाम्दा: अनुभूति उल्लेख गर्ने । त्यस क्रममा सेन्सेसन कस्ता कस्ता  छन् अंग अंग चाहार्ने । कुनै पनि ठाउँ नछुटाई हेर्ने  अथवा अवलोकन गर्ने । शरीर का विभिन्न भाग मा घोचे जस्तो हुने, चर्कने, पोल्ने, झमझमाउने, चिलाउने चिसो हुने, पसिना आउने, थिचे जस्तो हुने, रिस उठ्ने, शरीर हलुका हुने, उडे जस्तो हुने, काउकुती लाग्ने, दुख्ने, कमिला हिडे जस्स्तो हुने, फरफराउने, केहि बगे जस्तो, सग्सगाए जस्तो, सल्बलाए जस्तो हुने, टाउको दुख्ने, मन भारि हुने, मुख सुक्ने, डर लाग्ने आदि शारीरिक प्रतिक्रिया अनुभूत हुन्छ ।

    खानपान: अत्यन्त सन्तुलित पौष्टिकताले युक्त ताजा खाने कुरा सबै साधकले ग्रहण गर्ने अवसर उपलब्ध थियो। दुइ पटक खाने कुरा बाड्ने गरिन्थ्यो । साँझ भने बिरामी वा अशक्त बाहेक कागती सहितको तातो पानि खान पाइन्थ्यो। खानामा चुकन्दर, गाजर, काँक्रो, सालद, फलफूल, दुध दहि सहितको फरक दिनको लागि फरक फरक परिकारहरु स्वयंसेवकले प्रेम पूर्वक तयार गरेका हुन्थे। सकभर षड्ररस पूर्ण स्वस्थ्यकर खाना खाजा ध्यान पुर्वक तयार गर्ने स्वयम् सेवकहरुको सेवाभाव स्तुति योग्य थियो।

    मानवीयता: अत्यन्त होस् गरेर तयार गरिएको खाना, हिंडडुल गर्नको निमित्त अत्यन्त सुन्दर शान्त वातावरणमा यदि हावाहुरी आए, पानि आए स्वयम् सेवकले छाता ल्याएर प्रशिक्षार्थी लाइ ओढाएर सहयोग पुर्याएको देख्दा मन भित्र अत्यन्त श्रद्धा जागेर आउथ्यो। त्यहाँ साधना गर्नु हुने सबै सबै मा अति मानवीय समवेदना भएको पाएँ। हरेक साधकको आवश्यकता र अवस्था अनुरुपको वास र विछ्यौना । यद्यपि सबै मौन भए पनि मनले नै बुझ्ने बुझाउने प्रसंसनिय वातावरण थियो त्यहाँ ।

    ध्यान दिनु पर्ने : अत्याशक्ति  र वितृष्णा वा घृणा  भावना त्याग्ने । फुरुक्क  र हुरुक्क  नहुने।

    समग्रमा: संसारमा हरेक कुरा परिवर्तनीय छन् । समय क्रममा फेरिदै जान्छ। त्यसैले आफु संग जोडिएका र स्वयम् आफु पनि अस्थाई नै हो भन्ने कुरा बुझ्नु आवश्यक छ। अनित्य छ संसार, घटना परिघटना केहि स्थाई छैन टिक्दैन्। चाहे शरीरको कुरा होस् वा संसारको।

    कुनै कुरालाई पनि घृणा गर्नु हुदैन न त अतिआशक्त नै। शान्त र सम भाव वा भनौ द्रष्टा भावले सबै वस्तु, घटना वा व्यवहार हेरिनु पर्छ। त्यसको निमित्त हामीले हाम्रो शरीरमा आएको सेन्सेसनले बुझ्न सक्छौ । शरीरमा देखिने सेन्सेसन पनि समुद्रमा आउने पानीको फोका जस्तै हो । यस्ता उदाहरण आफ्नै शरीर भित्रको सेन्सेसन लाइ सुक्ष्म तरिकाले हेरे राम्ररी बुझ्न सकिन्छ । म भित्र प्रेम, करुणा र मैत्री भावना जागोस । धेरै भन्दा धेरैको सेवा गर्न सकियोस र सबैले शान्ति संग वस्न पाउन भन्ने भावना ल्याई सहि अर्थमा धेरै धेरै सहयोग गर्न सकौं ।

    यो भन्दा करीव २५ वर्ष अघि नेपालमा नै मैले विपासनाको अनुभव गर्न पाएको थिएँ। त्यस बेला मेरो व्यवहारिक जिम्मेवारी धेरै थियो। त्यस बेलाको सहभागिताले मलाई संसार हेर्ने र बुझ्ने कुरामा निक्कै सहज महशुस भएको थियो। विपासना गर्नु अघि रातभर सुत्न नसक्ने म विपासना पछी हरेक कुरालाई सहज लिन र स्वीकार गर्न सक्ने भएको थिएँ । मैले जीवन र जगतलाई हेर्ने दृष्टि नै फेरिएको अनुभूत गर्थेँ। मेरो स्वास शान्तिको स्वास ले भरियो। जीवन सहज भएको महशुस भयो । हामी ठुलो परिवारमा वस्ने गर्थ्यौं । समय क्रममा अहिले सबै परिवर्तन भै सकेको छ । घर भित्र, घर बाहिर समाजमा पनि ।

    यस पटकको साधनाले पनि पुनर्ताजगी गरायो। सके त विपासनामा बारम्बार सहभागी हुँदा राम्रो। नसके पनि कम्तिमा एक पटक विपासनको अनुभव गर्नुहोस् त्यस बाट पाउने अनुभूति अरु कुराबाट पाउन र महशुस गर्न कठिन हुन्छ भन्ने मेरो सिकाईन्छ। समुहमा गर्दा त्यहाँको माहोल नै सहज र अभ्यास गर्न सजिलो हुने हुन्छ। शुरु शुरुमा सामुहिक त्यस्ता केन्द्रमा नै गर्नु प्रभावकारी र राम्रो हुने लाग्यो। पछी अभ्यस्त हुदै गए पछी त घर कोठा वा यात्रामा नै पनि सहज होला तर यसको नियमित अभ्यास भने आवश्यक हुन्छ ।

    म कोशिस गर्छु कि मेरा शरीरका सबै अंग अंग जागोस, कोष कोष जागोस आफु र आफ्नो शरीर प्रतिको सचेतना जागोस, होस् जागोस्।  त्यसरी नै म जस्तै अरु सबैले असल सोच र सकारात्मक भएर अगाडी बढ्न सकुन्।सरल शान्त र सहज ढंगले बाँच्न सकुन्। सबैको कल्याण होस्।

    म मेरा सबै पाठक, साथीभाई इष्टमित्र सबैलाई अनुरोध गर्दछु कि एक पटक आफ्नो पायक पर्ने ठाउँमा विपासनामा सहभागी हौं । आफु र जगत बारे अनुभूत गरौं। अरुको अनुभवले आफुलाई काम गर्दैन जसरि अरुले खाएको खानाले मेरो भोक मर्दैन्। अरुले पिएको पानीले मेरो प्यास मर्दैन त्यस्तै अरुले गरेको अनुभवले आफ्नो प्रज्ञा बढाउँदैन। त्यसको निमित्त आफै लागि पर्नु पर्छ। आफैले मेहेनत गर्नु पर्छ । आफैं तप्नु पर्छ । जसरि बुद्धले ६-६ वर्ष लगाएर निर्वाण प्राप्त गर्नु भयो ।

    विपासना बाट मैले महशुस गरेको मुख्य उपलब्धि:-

    • अनुशासनमा वस्न मद्दत पुग्ने ।
    • सात्विक भोजन को महत्व व्यवहारीकरुपबाट बुझ्न सहज ।
    • असल आचरण सिक्न र अनुशरण गर्न सहयोग पुग्ने ।
    • प्रकृति प्रेमी हुने वातावरण प्राप्त हुने ।
    • स्वयम् सेवाको सहि अर्थमा वुझ्न र व्यवहारमा लागु गर्न सहयोग ।
    • दान र त्यसको सदुपयोग गर्ने बानीको विकास हुने ।
    • समग्रमा जीवनको यथार्थ बुझ्न मद्दत पुग्ने ।

    तसर्थ हरेक अभिभावकले आफ्ना सन्तान लाई सहभागी हुने वातावरण तयार गरौं। ताकी सन्तान असल व्यक्ति वन्न सकुन। म त भन्छु हरेक विद्यालयले आफ्ना विद्यार्थीलाई विपसनामा सहभागी हुन प्रोत्साहन गरुन।

    मौनता तोडे पछी: दस दिन पुरा मौन ब्रत पछी शिक्षक चार्ली ले अब बोले पनि हुन्छ भन्ने अनुमति दिनु भयो। अनुमति त पाइयो तर के बोल्ने? को संग बोल्ने? कसरि बोल्ने? बडो अनौठो कौतुहलता भयो मेरो मनमा? धेरै बेर रातिको समयमा झ्याल ढोका थुनेको अध्यारो कोठामा एकै पटक ट्युब लाइट बलेको जस्तो गुरुको बोल्ने अनुमतिले सबैको अनुहार एकै पटक चम्किएको थियो त्यो क्षण । तर मेरो जस्तै असमन्जस कारणले हुनु पर्छ झलमल्ल जुन लागेको आकाशमा एकाएक बादल छाए जस्तो सबैको मुहार मलिन हुन पुग्यो ।

    मैले भने यौटा निहुँ पाएँ र मेनेजर डेविड लाइ व्यवस्थापन बारे केहि सोध्न गएँ। तर मेरो बोलि भने अघि पछी जस्तै एकदम मधुरो !!!! उनले महशुस गरे होलान सायद अनि उनैले सम्झाए “अब हामी बोलेर कुरा गर्न सक्छौं” । उनले नै पहिले ब्रेक गरे मौनता । त्यति बेला सम्म चुप जस्तो सन्नाटा एकै पटक गुन्जायमान भयो । गज्जबको मौनता र मौनता तोडेको अनुभूति पाएँ दोस्रो पटक मैले ।

    अन्तमा हामीलाई बुद्धले ज्ञान प्राप्त गर्न प्रयोग गर्नु भएको बिधि “विपासना” सिकाउनु हुने शिक्षक सत्य नारायण गोएंका ज्यु प्रति हार्दिक आभार व्यक्त गर्दै सबै शिक्षक, व्यवस्थापक, स्वयंसेवक मेरा परिवार सदस्य जस जसले हामी लाइ विपासना को साधनामा सहयोग पुर्याउनु भयो सबै सबै लाइ धन्यवाद अर्पण गर्दछु ।

    भवतु सव्व मङ्गलम ।

    सिनामंगल काठमाडौँ, हाल अस्ट्रेलिया

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ७%७%२%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा

  • ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै

  • विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित

  • समाचार
  • १

    औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा
    २०८३ श्रावण ३, आईतबार

  • २

    ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
    २०८३ श्रावण ३, आईतबार

  • ३

    विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै
    २०८३ श्रावण ३, आईतबार

  • ४

    विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित
    २०८३ श्रावण ३, आईतबार

  • ५

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षा हुने
    २०८३ श्रावण ३, आईतबार

  • ६

    काठमाडौं आउने-जाने यात्रुलाई रातिको यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह
    २०८३ श्रावण २, शनिबार

  • ७

    भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो
    २०८३ श्रावण २, शनिबार

  • ८

    मेसी र रोनाल्डोको सम्मानमा १९-१९ थान विशेष संस्करणका फोन उत्पादन
    २०८३ श्रावण २, शनिबार

  • ९

    एनटिभीको स्याटेलाइट ब्याण्डविथ खरिदमा हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
    २०८३ श्रावण २, शनिबार

  • १०

    बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु , तीन जना घाइते
    २०८३ श्रावण २, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution