आज साउन ९ गते दिउसो २ बजे ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत उक्त फिल्मको ट्रेलर सार्बजनिक भएको फिल्मका निर्माता चुम्बनजंग शाहीले जानकारी दिनुभयो।
ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्रमा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशिल देवकोटा र बाल–कलाकार सारा शर्माको अभिनय रहेको छ ।
चुम्बनजंग शाहीको लगानी रहेको चलचित्रमा दीपेन बस्न्यातको डीओपी, महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द र कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।
फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको चलचित्रको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको छ ।
चलचित्र ‘मोहर’ आगामी साउन २३ गते रिलिज हुने भएको छ ।
दुई साताअघि फिल्मको पहिलो गीत ‘चाहिँदैन मोहर, पर्दैन सुकी’ सार्वजनिक गरिएको थियो। ट्रेलर सार्बजनिक भएको ३० मिनेटमा झण्डै १० हजारले उक्त भिडियो हेरिसकेका छन्।
ट्रेलर
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे