२०८३ श्रावण ३, आईतबार


हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा झापाको कन्काई नदी किनारमा लाग्ने प्रसिद्ध माई मेलामा बिहीवार फिल्मका मुख्य जोडी सुशील श्रेष्ठ र अञ्जना बराइली सहभागी भएका थिए । त्यहाँ उनीहरूले दर्शकलाई फिल्म हेर्न निम्तो दिँदै ‘पाकेको चिउरी’ गीतमा नृत्य गरेर मनोरञ्जन प्रदान गरे । शुक्रबारबाट निर्माण पक्षले पूर्वमा कलेज केन्द्रित प्रचार अभियान पनि सुरू गरेको छ ।
एक्सनप्रधान टिजरपछि चर्चामा रहेको ‘परिवर्तन’को यसै साता सार्वजनिक ट्रेलरले दर्शकमा थप उत्साह पैदा गरेको छ । युट्युबमा ११ लाखभन्दा बढीले हेरिसकेको ट्रेलरलाई कमेन्ट सेक्सनमा प्रशंसाको ओइरो लागेको छ । प्रायःले सुशीलको एक्सनको प्रशंसा गरेका छन् भने मेकिङ, छायांकन, र ब्याकग्राउन्ड स्कोरको पनि सराहना भएको छ ।
विजय केरुङको निर्देशनमा बनेको यस फिल्ममा सुशील र अञ्जनासहित करिश्मा मानन्धर, सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, सिरु विष्ट, आशा पौडेल लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई दीपक सिवाकोटीले निर्माण गरेका हुन् । यसमा उनी स्वयंको कथा रहेको छ भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे