२०८२ अषाढ ३०, सोमबार
भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
जीपकोे टक्करबाट मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका–५ का ४८ वर्षीय मित्रलाल पङगेनीको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी श्रीमती ४० वर्षीया राधा घाइते भएकी छिन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे